पोखरा, २५ पौष –
सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।
अग्रज पत्रकार एवं सञ्चय सहकारीका अध्यक्ष नारायण कार्कीले एक समारोहका विच सभाको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले सहकारीलाई गतिशिल बनाउनु पर्ने, व्यवस्थापकिय सुधार गर्दै लैजानुपर्ने लगाएतका सुझाव दिएका थिए । साथै उनीहरुले विगतको वर्षहरुमा भन्दा यसपटक राम्रो सुधार भएकोमा सन्तोष व्यक्त गरे ।
कार्यक्रममा असल ऋणी रामबहादुर थापा तथा नियमित एवं अधिकतम निक्षेपकर्ता यादवचन्द्र भूर्तेललाई सम्मान गरिएको थियो । साथै सहकारीका सचिव राधा पौडेलले लेखा समिति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण कुमारी घिमिरेको आर्थिक प्रतिवेदन सदस्य रामभक्त भण्डारीले वाचन गरि सुनाए । दुवैजनाको प्रतिवेदनमाथि व्यापक छलफल पछि सभाले सर्वसम्मत रुपमा प्रतिवेदन पारित गरेको थियो ।
संस्थाका अध्यक्ष गुरुदत्त लामिछानेको अध्यक्षतामा सम्पन्न सभामा विशेष अतिथि सामिप्य समाजका अध्यक्ष प्रा.डा.दिलबहादुर क्षेत्री, समाजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरे, शेयरधनी बैकुण्ठ तिमिल्सीना, समाजका सदस्य प्रेमबहादुर जिसि लगाएतले शुभ–कामना मन्तव्य राखेका थिए । सचिव राधादेवी पौडेलले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।





