श्रीमद्भागवत माघे संक्रान्ति महाउत्सवको तयारी पुरा

पोखरा, २५ पौष –

राष्ट्रिय परोपकार महासंघ नेपाल केन्द्रिय कार्यसमितिले आयोजना गर्न लागेको श्रीमद्भागवत माघे संक्रान्ति महाउत्सव २०७२को तैयारी पुरा भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्थापना भएको परोपकार महासंघले आफ्नो आठौ वार्षिकउत्सव तथा माघेसक्रान्तिका अवसरमा उक्त महाउत्सव कार्यक्रम आयोजना गर्न लागेको हो ।

महासंघका संस्थापक युवा पं कमलनयन गौतमले उक्त कार्यक्रमको सम्पुर्ण तैयारी पुरा भएको भन्दै सम्पुर्ण भक्तजनहरुलाई महायज्ञमा उपस्थित हुनका लागि अनुरोध गरेका छन् ।यहि पुस २६ गतेदेखी मघ ४ गते सम्म सञ्चालन हुने महाउत्सव कार्यक्रम पोखरा १५ ढुंगेसाँघु महासंघको भवन प्राङ्गणमा हुने छ । २६ गते विहान यज्ञ पुर्वाङ र शोभायात्रा हुने तथा दिउसो कार्यक्रमको उद्घाटन हुने छ । प्रमुख कथावाचक भागवत भास्कर कमलनयन गौतम हुने उक्त कार्यक्रममा दिउसो ४ वजेसम्म कथावाचन, ४ बजे आरती हुने छ भने ३ गते दीप प्रज्ज्वलन तथा ४ गते समापन हुने छ । संस्थाले परोपकार बालगृह आश्रम, सिद्ध परोपकार वैदिक गुरुकुल आश्रम, परोपकार त्रेमासिक पत्रिका, जेष्ठ नागरिक परोपकार चौतारी, गौरक्षा, वातावरण हिमालय एवं दैनिक एक रुपया दाल लगायतका अभियानहरु संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button