पोखरा, २५ पौष –
पोखरामा आयोजित राष्ट्रव्यापी कलेजस्तरीय सफ्टवयर प्रतियोगिताको उपाधि ईपिओएस आर नामक सफ्टवयरले जितेको छ ।
लामाचौरस्थित गण्डकी कलेज अफ ईन्जिनियरिङ एण्ड साईन्सले आयोजना गरेको छैठौँ जिसिईएस आईटी महोत्सव अन्तर्गत भएको उक्त प्रतियोगितामा विवेक केसी, विदुर सुवेदी, निराजन उदास र महेश बहादुर थापाले बनाएको सफ्टवयर अब्बल ठहरिँदै नगद २० हजार पुरस्कार प्राप्त गर्यो । यस्तै टिम नेपाली एडसेन्स नामको सफ्टवयरले दोश्रोस्थान हासिल गर्दै रु १० हजार पुरस्कार पाउन सफल भयो । उक्त सफट्वयर ब्रह्मकुमार कृष्णमगर, र शुशिल तिमिल्सिनाले निर्माण गरेका हुन् (दुईजना) । यस्तै प्रतियोगितामा सहभागी मध्ये जे एन मिलनले निर्माण गरेको मिलन्स सफ्टवयर किटलाई मोष्ट ईन्नोभेटिभ आईडिया अवार्ड प्रदान गरिएको छ । प्रतियोगितामा कूल २० वटा कलेजले सहभागिता जनाएका थिए । दुईदिनसम्म चलेको महोत्सवमा आयोजित विद्यालयस्तरीय वेव डिजाईन प्रतियोगिताको उपाधि एसओएसका विद्यार्थीहरुले निर्माण गरेको को एसओएस ए ले जितेको छ । पुरस्कारको राशी रु ५ हजार र प्रमाणपत्र रहेको थियो । यस्तै गण्डकी बोर्डिङ स्कूलका विद्यार्थीहरुले निर्माण गरेको टिम द टाईटान्स नामक अर्को वेवसाईटलाई दोश्रो पुरस्कार स्वरुप २ हजार ५ सय प्रदान गरियो । प्रतियोगितामा १७ वटा विद्यालयको सहभागिता रहेको निर्णायक सुजन ताम्रकारले जानकारी दिए ।
त्यसैगरी उच्च मावि स्तरीय निवन्ध प्रतियोगिता तर्फ गण्डकी बोर्डिङ स्कूलकी छात्रा आराधाना पोखरेलले प्रथम स्थान हासिल गर्दै रु ३ हजार पुरस्कार प्राप्त गरिन् । यस्तै एस ओ एस का छात्र रविन केसीले दोश्रो स्थान हासिल गर्दै २ हजार पुरस्कार पाए ।
सो अवसरमा छोरेपाटन उच्च माविका विशाल थापाले निर्माण गरेको कवाकोप्टरलाई विशेष सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो।
विजयीहरुलाई कलेजका प्राचार्य रविप्रसाद बराल, सह प्राचार्य अशोकराज पराजुली, पूर्व विद्यार्थी डा प्रमोद पराजुली, निर्णायक सदस्यहरु लगायतले पुरस्कार प्रदान गरेका थिए ।
यूनाईटेट थ्रू आईटी भन्ने मूल नाराका साथ शुक्रबारदेखि शुरु भएको छैठौ संस्करणको जिसिईएस आईटी महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सव समापनको अवसरमा बोल्दै कलेजका प्राचार्य रविप्रसाद बरालले आगामी दिनमा महोत्सवलाई परिमार्जित स्वरुपमा अघि बढाईने बताए । कार्यक्रममा विभिन्न सफ्टवयरको प्रर्दशनी, टेक्निकल टक, लिनक्स बुट क्याम्प, उद्यमशीलता संग प्रविधिको सम्वधबारे अन्र्तक्रिया लगायतका कार्यक्रममा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको मूल आयोजक समितिका संयोजक अमिर बाँस्तोलाले बताए।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution