
पोखरा, २५ पौष –
गोर्खाको ताङलीङचोक ९ फुर्के डाँडामा रहेको अधिकाशं चेपाङ बस्ती रहेको पशुपति प्रजा प्राविका बिद्यार्थी र सो क्षेत्रमा रहेका चेपाङ समुदायका घर परिवारलाई लत्ता कपडा वितरण गरीएको छ ।
लायन्स क्लव अफ पोखरा डल्फीनको आयोजनामा भूकम्पबाट प्रभावित भएका गोर्खाको चेपाङ समुदायका बिद्यार्थी तथा घर परिवारलाई राहत सामाग्रि स्वरुप लत्ता कपडा वितरण गरीएको लायन्स क्लव अफ पोखरा डल्फीनका अध्यक्ष लायन गोविन्द बहादुर शाहीले बताए ।

बिद्यालयमा अध्ययनरत ५० छात्र-छात्रा त्यसै गरी स्थानीय चेपाङ समुदायका करीब ५० घर परिवारलाई जाडो छल्नको लागि लत्ता कपडा वितरण गरीएको शाहीले जनाए । डिष्ट्रिक्ट र क्लवबाट करीब २ लाख मुल्य बराबरको राहत सामाग्रि वितरण गरीएको पि.आर.ओ. लायन गोविन्द बहादुर खड्काले बताए ।

३२५ बी वान डिष्ट्रिक्टका रिजन चेयर पर्सन लायन छवि शर्मा तिमिल्सनाको प्रमुथ आतिथ्यतामा राहत सामाग्रि वितरण भएको हो । लायन्स क्लव अफ पोखरा डल्फीनका अध्यक्ष लायन गोविन्द बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा बिद्यालयका प्राध्यानाध्यापक लालुमाया आले, क्लवका द्धितीय उपाध्यक्ष तिलक तिवारी, कार्यक्रमका संयोजक लायन तिलबहादुर गुरुङ लगायतले भूकम्प प्रभावित व्यक्तिहरुलाई यो जाडो मौसममा लक्ता कपडा वितराण गर्नुले धेरै राहत मिलेको विश्वास व्यक्त गरे । कार्यक्रमको संचालन क्लवका सहसचिव लायन पदम लाल श्रेष्ठले गरेका थिए ।





