पोखरामा भारतबाट पनि कन्दमुल भित्रियो

पोखरा, २५ पौष –

भारतले नेपाल माथि अघोषित रुपमा नाकावन्दी गरी अत्यावसेक बस्तु तथा सेवा सहज रुपमा उपलब्ध नगराएको समयमा कन्दमुल भने भारबाट पोखरासम्म सहज रुपमा भित्रिएको बखर छ । युपि ५३ सिटि ७६६४ भारतको नम्वर प्लेट भएको गाडीमा शनिबार पोखरामा एक गाडी सकरखण्ड भित्रिएको हो ।

भारतको राजस्थानबाट गोरखपुर हुदै रातो जातको एक गाडी सकरखण्ड पोखरामा माघे संक्रान्ति पर्वलाई लक्षित गरी विक्रिको लागि ल्याएको कृष्ण प्रसाद साहले बताए । प्रति केजी ४२ रुपैयामा आफुले कृषकलाई उक्त सकरखण्डको मुल्य दिए पनि पोखराको बजारमा आफुले भने ५० रुपैया प्रति केजीमा उक्त सकरखण्ड विक्रि गर्दै गरेको साहले बताए । पोखरा क्षेत्रको अधिकाशं उर्रभर भुमि बाजो रहदा पोखरा क्षेत्रमा मात्र बार्षिक रुपमा एक सिजनमा एक करोड मुल्यको कारोवार हुने भएकोले यस्ता कन्दमुलको यहाँ प्रवल सम्भावना रहेको स्थानीय बताएछन ।

tarul 2

पोखरामा माघे संक्रान्ती पर्वलाई लक्षित गरेर यहाँ विभिन्न स्थानबाट करीब एक करोड मुल्य बराबरको कन्दमुल भित्रिने भएको व्यवसायीहरु बताउछन । माघ एक गते परम्परागत रुपमा चलि आएको कन्दमुल खाने प्रचलनलाई निरन्तरता दिन व्यापारीहरुले बिभिन्न क्षेत्रबाट उक्त रकम बराबरको कन्दमुल धमाधम पोखरा भित्राउन थालेकोे व्यापारीहरु बताउछन । पोखरा शान्तिवनमा रहेको फलफुल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष कुमार लामाले यस बर्ष पनि कम्तीमा पोखरा क्षेत्रमा एक करोड मुल्य बराबरको कन्दमुलको व्यापार हुने दाबी गरे । उनका अनुसार पोखरा क्षेत्रमा कम्तीमा पनि यो सिजनमा एक सय ५० टन बराबरको कन्दमुलहरुको विक्रि वितरण हुने गर्दछ । एक टन बराबर १० क्लीन्टल हुन्छ भने एक क्वीन्टल बराबर एक सय केजी हुन्छ यसरी हेर्दा सामान्यतया पोखरा क्षेत्रमा एक लाख ५० केजी कन्दमुल एक सिजनमा विक्रि हुने गर्दछ ।

पोखरामा करीब डेढ सय जना भन्दा बढी कन्दमुलका साना-ठुला व्यापारीहरु रहेका छन भने उनीहरुले एक लाख भन्दा बढी मुल्य बराबरको कन्दमुल ( विभिन्न जातका तरुल, सकरखण्ड र पिडालु ) विक्रि गर्ने गरेका छन । पोखराको बजारमा पन्जे, जाते, भैसे, पतले, सिमल तरुल लगायतका बिभिन्न जातका तरुल पाईन्छ भने वुटवल, पाल्पा, तनहुँ, गोर्खा, तराई लगायतको क्षेत्रबाट उक्त कन्दमुलहरु पोखरा भित्रिदै छ ।

पोखराका फलफुल तथा सस्तो बजारमा उक्त कन्दमुल भित्रिन थालेको छ । कन्दमुलको बिभिन्न जात अनुसार प्रतिकेजी ४५ रुपैयादेखि २ सय रुपैयासम्म पोखरामा विक्रि वितरण हुदै आएको छ । पोखराका एक व्यापारी मानदेव यादवले यस बर्षको लागि केहि दिन अघि नै पुर्वको बागमतीबाट रानी जातको तरुल ७ टन पोखरामा ल्याएका छन । शान्तिवन वाटिकामा रहेको फलफुल तथा तरकारी व्यवसाय गर्दै आएका यादवले गत बर्ष ९ टन तरुल विक्रिको लागि ल्याएका थिए । एक दुई दिनमा पुनः स्थानीय जातको तरुल समेत विक्रिको लागि आउने बताएका उनले रानी तरुल प्रति केजी ५० रुपैयामा विक्रि गरेको बताए । उनले भने “यो व्यापार भनेको निकै जोखिम हुन्छ, माघ महिनाको एक गतेलाई लक्षित गरेर ३-४ दिन अघि मात्र ल्याउने हो, यसमा राम्रोसंग बिक्रि भएन भने हाम्रो ठुलो नोक्सान हुन्छ, यसपाली बजारमा ग्याँस सहज रुपमा पाईएको छैन, यसमा हामीलाई बढी चिन्क्ता लागेको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button