पोखरा, २५ पौष –
उपप्रधान एवं महिला वालवालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले तराई मधेसका दलहरुलाई सरकारलाई दवाव दिने नाममा जनतालाई सास्ती नदिन आग्रह गरेका छन ।
नेपाल अपाङग् समाज सेवा संघले शनिवार पोखरामा आयोजना गरेको सिप हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रधान मन्त्री मैनालीले लोकतन्त्रमा कसैले पनि आफ्नो अधिकार खोज्दा अर्कोलाई सास्ती दिन नहुने भन्दै सरकारलाई दवाव दिने नाममा आम जनतालाई सास्ती नदिन मधेस दललाई आग्रह गरेका हुन ।
मधेसी दलहरुले आफ्नो समुदाय र वर्गलाइ मात्र हेर्ने गरेको कारणले गर्दा आन्दोलन लम्वीदै आएको दाबी गरेका उनले मधेष आन्दोलनलाई सरकारले टुंगाउन खोज्दा उनीहरु उल्टै भारतिय हस्तक्षेपलाई आश्रय दिने गरी अघि बढेको आरोप लगाए । उनले भने “ नाका वन्दी गरेर संबिधान संसोधन हुदैन, त्यसको लागि विकल्प खोज्नु पर्दछ । ”
मधेसी दलको आन्दोलनको नाममा नेपालको आन्तरिक समस्या देखाएर भारतले नाकाबन्दी गर्नु अन्तराष्ट्रिय कानुन विपरित भएको समेत उनले दाबी गरे । आन्दोलित भएका मधेस दलका नेताहरुलाई सरकारले वार्ताको टेवलमा वोलाउदा वोलाउदै सडकमा गएर भारतसंग मिलेमतो गनु उचित नभएको उपप्रधान मन्त्री मैनालीले ठोकुवा गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution