पोखरा, २५ पौष –
पोखराको पुरानो टुडिखेलमा जारी पांचौ एस ओ एस बगर भाइखलक एट ए साइड भेट्रान फुटवलमा दोश्रो दिन सात खेल सम्पन्न भएका छन । प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न ड्यामसाइड भर्सेस विरगन्ज युथ युनाइटेड एकेडेमी बीचको पहिलो खेलमा ड्यामसाइडको खेलाडी जीवन गुरुङको उमेर ४० वर्ष नपुगेको प्रमाणित भएपछि बिरगन्ज युथ युनाइटेड अघिल्लो चरणमा प्रवेश गर्न सफल भएको छ ।
दोश्रो खेलमा एफ सि पोटाला हेटौडाले ३–० गोल अन्तरले हिमालय क्लव बाटुलेचौरलाई पराजित गरयो । खेलमा हेटौडाको तर्फबाट जर्सी नम्बर ९ का निमा लामाले २ गोल गरेभने जर्सी नम्बर ८ का अजय मानन्धरले १ गोल गर्न सफल भए । उक्त खेलमा निमा लामा म्यान अफ दी म्याच घोषित भए ।
भाटभटेनी हेल्थ क्लव काठमाण्डौ र बगर भाइखलक फिप्टी प्लस बीच भएको तेश्रो खेलमा भाटभटेनीको तर्फबाट ५–० गोल अन्तरले बगर भाइखलकलाई पराजित गरेको छ । खेलमा भाटभटेनीको तर्फबाट जर्सी नम्बर ४ का रनवहादुर राइले एक गोल, जर्सी नम्बर ११ का जगतमान लामाले एक गोल , जर्सी नम्बर १० का उमेश लामाले एक गोल, जर्सी नम्बर ७ का बिनोद पुडासैनीले एक गोल र जर्सी नम्बर २३ का नबीन खड्गीले एक गोल गरे । खेलमा म्यान अफ दी जगतमान लामा घोषित भए ।
चौथो खेलमा बुटवल भेट्रान्स लाई सानो गौचरण नाइट किङ निलो क्लवले २–१ गोल अन्तरले पराजित गरयो । खेलमा नाइट किङको तर्फबाट जर्सी नम्बर १० का सरोज कुमार थापा र जर्सी नम्बर ७ का आकाश गुरुङले एक एक गोल गरेभने बुटवलको तर्फबाट जर्सी नम्बर ११ का बसन्त गुरुङले सान्तवना गोल गरे । खेलमा नाइट किङका खेलाडी सरोज कुमार थापा म्यान अफ दी म्याच घोषित भए ।
पांचौ खेलमा दिप युनाइटेड भेट्रान्स पोखराले १–० गोल अन्तरले सानो गौचरण नाइट किङ रातोलाई पराजित गरयो । दिप युनाइटेडका खेलाडी जर्सी नम्बर १० का कृष्ण बहादुर गुरुङले निर्णायक गोल गरेका थिए । खेलमा दिप युनाइटेडका डिफेन्डर जर्सी नम्बर पांचका रमेश केसी म्यान अफ दी म्याच घोषित भए ।
छैठौ खेलमा आदिवासी स्पोर्टस क्लव काठमाण्डौले ५–२ गोल अन्तरले हेम्जा भेट्रान्सलाई पराजित गरयो । खेलमा आदिवासी स्पोर्टसको तर्फबाट जर्सी नम्बर सातका खेलाडी हिरा खांडले तीन गोल गर्दै प्रतियोगिताको ह्याट्रिक गर्ने पहिलो खेलाडी र म्यान अफ दी म्याच घोषितभएभने जर्सी नम्बर ८ का राजेन्द्र खड्काले दुइ गोल गरे ।
अन्तिम खेलमा लायन्स क्लव अफ मुनाल पोखराले बिरगन्ज युनाइटेड सिटीलाई ५–१ गोल अन्तरले पराजित गरयो । खेलमा लायन्सको तर्फबाट जर्सी नम्बर ८ का खेलाडी कमल बहादुर जिसीले एक गोल , जर्सी नम्बर तीनका खेलाडी सिद्धार्थ श्रेष्ठले दुइ गोल र जर्सी नम्बर एघारका भोला तिमिल्सिनाले दुइ गोल गरेभने बिरगन्जको तर्फबाट जर्सी नम्बर सातका खेलाडी बिनोद परियारले सान्तवना गोल गरे । खेलमा लायन्सको खेलाडी भोला तिमिल्सिना म्यान अफ दि म्याच घोषित भए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution