पोखरा २,३ उपशाखाको साधारण सभा सम्पन्न

पोखरा, २५ पौष –

नेपाल रेडक्रस सोसाइटी पोखरा २,३ उपशाखाको वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत झलकराम अधिकारीले मानविय सेवामा समर्पित रेडक्रस हरेक नेपालीमा बस्न सफल भएको बताउनुभयो । विशेष अतिथी रेडक्रस कास्कीका उप–कोषाध्यक्ष सुरेन्द्र गुरुङले रेडक्रसले शिक्षा, स्वास्थ्य, खानेपानी, विपत लगायतका क्षेत्रमा कार्य गरेको जानकारी दिनुभयो ।

उपशाखाका सभापति खगेन्द्रराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रस कास्कीका सदस्य शुशिला पराजुली, स्वतन्त्र पत्रकारका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला, उपशाखा–१६ का सभापति वशन्तराज तिमील्सीना, वडा समन्वय समितिका अध्यक्ष माया सुवेदी लगायतले बोल्नुभएको थियो ।

शान्तीदेवी पराजुलीले सात सिद्धान्त वाचन गर्नुभएको कार्यक्रमको सञ्चालन उपाशाखाका कोषाध्यक्ष शर्मिला रेग्मी र स्वागत सदस्य गौतम विजुक्क्षेले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button