पोखरा, २५ पौष –
बुद्व विशाल व्यापारीक एशोसियसनको १७ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनबाट प्रदिप कुमार मुल्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्ष शिव शर्मा, महासचिव केशव बहादुर खत्री, सचिव इन्द्रराज अर्याल, कोषाध्यक्ष .बुदि बहादुर कुवर सदस्यहरुमा राजु केसी , दुर्गा राज बराल, थमनसिंह गुरुङ, विष्णु पोखरेल, बालाहरि बराल, सन्तमान श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले विशाल बजारलाई समय अनुसार आधुनिक र सुविधा सम्पन्न बनाउनु पर्ने बताए । कपडा व्यवसायी समितिका अध्यक्ष यमनाथ तिमल्सिना पश्मिाञ्चल अटो मोबाइल्स डिलर एसोसियसनका अध्यक्ष माधव पौडेल पोखरा हार्डवयर एसोसियसनका अध्यक्ष प्रेम प्रसाद पौडेल फेन्सी तथा रेडीमेट व्यवसायी संघका अध्यक्ष गिरीधारी अधिकारी , सुदिप ढकाल, हर्क बहादुर शेरचन , उमाराज बास्तोला , सिताराम चालिसे, मिनराज काफ्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा व्यवसायिका छोराछोरीहरुलाई एसएलसी तर्फ अतिस गुरुङ, पलिना बस्ताकोटी प्लस टु तर्फ सुजन खाँड र अञ्जिली शाह सम्मान साथै पुराना व्यावसायीहरु वेदनाथ शाह, माधवप्रसाद सिग्देल, भरत जैसवाल, तारा बहादुर श्रेष्ठ, पुष्प बिजुज्छे, कानुनी सल्लाहाकार जगननाथ ढकाल, सस्थापक अध्यक्ष सिताराम चालिसे सम्मानित भएका थिए ।
कार्यक्रम बलराम गौतमको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष प्रदिप कुमार मुल्मीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम एसोसियसनका महासचिव केशव बहाद्र खत्रीले सञ्चालन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution