दुलेगौंडाका व्यवसायी श्रेष्ठद्वारा विधार्थीहरुलाई स्विटर प्रदान

तनहुँ, २६ पौष –

शुक्लागण्डकी, ३ का युवा व्यवसायी सन्तोष श्रेष्ठले जाडोको कारण विद्यार्थिहरु विद्यालय जान नसक्ने अवस्था आए पछि उनीहरुलाई स्विटर सहयोग स्वरुप प्रदान गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सामजिक सन्जालहरु मार्फत शुक्लागण्डकी १३ स्थित कालिका निमावि विद्यालयका विद्यार्थिहरुलाई विद्यालयमा अनुपस्थित हुने अवस्था आएको समाचार प्रकाशमा आएपछि उनले विद्यालयका अति विपन्न वर्गका ४३ विद्यार्थिहरुलाई स्विटर प्रदान गरेका छन् । त्यसै गरी शुक्लागण्डकी १७ स्थित श्री तालबेसी उच्च माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई पनि ६६ थान स्विटर प्रदान गरेका छन् ।

विद्यार्थिहरुको पठनपाठनमा असर नपुगोस् र शिक्षाबाट बन्चित हुने अवस्था नआओस् भन्ने हेतुले आफुले सहयोग गरेको बताएका छन् । श्रेष्ठले यस अघिपनि स्थानीय क्षेत्रका विद्यालयहरुको शिक्षाको गुणस्तरमा टेवा पुगोस् भन्ने हेतुले विभिन्न शिक्षण सामग्रि, खानेपानी ट्यांकी लगायतका सहयोगहरु प्रदान गर्दै आएका छन् । केही समय अघि पनि उनले पन्चमुनिदेव उच्च माविलाई २ थान कम्पूटर सहयोग स्वरुप प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button