कास्कीमा नयाँ शक्ति निर्माण युवा अभियान तिव्र

  • पोखरा न्यूज
  • २०७२ पौष २६
कास्कीमा नयाँ शक्ति निर्माण युवा अभियान तिव्र

पोखरा, २६ पौष –

नयाँ शक्ति निर्माण युवा अभियान कास्कीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन बिस्तारको क्रममा कास्कीका १० वटा ईकाईमा संगठन बिस्तार गरिसकेको नयाँ शक्ति निर्माण युवा अभियानका अभियान्ता कुमार गुरङले बताए ।

संगठन बिस्तारकै क्रममा आईतवार वडा नं. १५ को काजीपोखरीमा वडा स्तरिय नयाँ शक्ति निर्माण अभियान गठन भएको छ । आईतबार काजीपोखरीमा भएको भेला ले लाल तमुको संयोजकत्वमा ११ सदस्यिय कमिटी गठन गरेको हो ।

युवाको वडा भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति निर्माण अभियानका अभियान्ता जितबहादुर तमु ‘मामा’ ले भने –‘अहिलेसम्मका राजनीतिक दलहरुले युवालाई केहि प्रलोभनमा पारेर चुनाबमा प्रयोग गर्ने र चुनाब पश्चात युवाहरुको वास्ता नगर्ने तिनीहरुलाई राजनीति भन्दा बाहिर राख्ने गरेका छन् । तर हामी सुरुवात देखि नै नयाँ जोस र जागर भएको युवाहरुलाई जोडेर नयाँ शक्तिको संगठन बनाउन खोजिरहेका छौँ । यहाँका अरु राजनीतिक दलहरुले युवालाई प्रयोग मात्र गराउन खोजिरहेका छन् तर हामीले नितिनिर्माण र उत्पादनलाई सँगसँगै अघि बढाउने अभियान संगै अगाडि बढाएका छौँ । नयाँ शक्ति र पुरानो शक्ति बिचमा खास भिन्नता यहि हो । ’ भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति निर्माण युवा अभियान कास्कीका संयोजक रेशम योगीले भने –‘अब हामी कतिदिन सम्म केहि लिटर तेल र पैसाका लागि प्रयोग हुने ?अब यो देशको बिकासको लागि पनि युवाहरुले नै केहि सोच्नुपर्ने भएको छ । त्यसैले हाम्रै पालामा बिकसित नयाँ नेपाल बनाउनका लागि हामी सबै मिली हातेमालो गरौँ । हामी जुट्यौ भने साँचै यो देशको मुहार फेर्न सक्छौँ । ’ नयाँ शक्ति निर्माण अभियान कास्कीका अभियान्ता सौगात पोखरेले नयाँ शक्ति गठनको औचित्य प्रष्ट पारेका थिए भने युवा अभियानका अभियान्ताहरु हरि गुरुङ र सन्तोष गुरुङले समेत मन्तब्य राखेका थिए । रोशन गुरुङले संचालन गरेको कार्यक्रममा बिजय गुरुङले स्वागत मन्तव्य राखेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस