नेपाल रेडक्रस सोसाइटी निर्मलपोखरी उपशाखाको साधारण सभा सम्पन्न

पोखरा, २६ पौष –

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत गठित नेपाल रेडक्रस सोसाइटी निर्मलपोखरी उपशाखाको साधारण सभा यहि २०७२ पौष २५ गते पोखरा २३ फेदीपाटनमा एक समारोहका विच सम्पन्न भएको छ ।

उक्त साधारण सभा उपशाखाका सभापति श्री युवराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने उपशाखा साधारण सभाको उद्घाटन प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति श्री डण्डराज पौडेलले पानसमा वत्ति प्रज्वलन गरी गर्नुभएको थियो । यस साधारण सभामा गत बर्षको आय व्यय विवरण र आगामी बर्षको लागि प्रस्तावित आय व्यय विवरण उपशाखाका कोषाध्यक्ष श्री सिता पौडेलबाट प्रस्तुत भएको थियो भने गतबर्षको प्रगति प्रतिवेदन र आगामी बर्षमा गरिने कार्यक्रमको विवरण उपशाखाका सचिव श्री रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

उपशाखाको साधारणको सफलताको शुभकामना मन्तव्य दिनेहरुमा समाजसेवी एवं रेडक्रसका आजीवन सदस्य श्री मुक्तिराम पौडेल र गुरु प्रसाद पौडेल रहनु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button