नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी कास्कीको अध्यक्षमा पालिखे

पोखरा, २६ पौष –

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कास्कीको प्रथम अधिवेशनले सुनयना पालिखेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ ।

शनिवार भएको अधिवेशनले उपाध्यक्षमा केशवराज ढकाल, महासचिवमा दिपक तिवारी, कोषाध्यक्षमा हरि श्रेष्ठ र सचिवमा अनन्त अधिकारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कविराज पौडेल, प्रकाशमणि रेग्मी, राजु पौडेल, विष्णु पौडेल, तेज अधिकारी र सोनबहादुर मगर रहनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै सोसाइटीका केन्द्रिय अध्यक्ष कंकी क्षेत्रीले पेशगत संगै सामाजिक उत्तरदायित्व बहन गर्न नवनिर्वाचित सफल हुने बताउनुभयो ।

सोसाइटी कास्कीका अध्यक्ष सुनयना पालिखेले सोसाइटीले सामाजिक कार्यका लागी योजना बनाएरै काम गर्ने बताउनुभयो । उहाँले व्यावसाय संगसंगै सामाजिक उत्तरदायित्व पुरा गर्न सोसाइटी लागी पर्ने बताउनुभयो ।

कार्यक्रममा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे, एनवी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादे श्रेष्ठ, सुरेन्द्र गोदार, पशुपति श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button