राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपालद्वारा भव्य एकता रयाली

पोखरा, २६ पौष –

२९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल कास्कीले भव्य एकता रयाली तथा सभाको आयोजना गरेको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखराको चिप्लेढुङ्गबाट बाजागाजा झाँकीसहित शुरु हुने उक्त रयाली न्यूरोड, सभागृहचोक, पृथ्वीचोकमा पुगी विशेष एकता सभामा परिणत हुने राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनले बताउनुभयो ।

एकता रयालीमा सम्पूर्ण संघसंस्था, संचारकर्मी, पोखरेली दाजुभाई दिदीबहिनी जनसमुदायहरुलाई सहभागी भईदिन समेत आग्रह गरिएको राष्ट्रिय पत्रकार समाजका केन्द्रीय सचिव बद्रीराज गौतमले बताउनुभयो ।

स्मरण रहोस् एकता सभालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न शनिवार राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा ५०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button