आर इभेण्ट ट्रेनर नेपालले पोखरामा दोस्रो मःम मेला गर्ने

  • पोखरा न्यूज
  • २०७२ पौष २६
आर इभेण्ट ट्रेनर नेपालले पोखरामा दोस्रो मःम मेला गर्ने

पोखरा, २६ पौष –

आर इभेण्ट ट्रेनर नेपालले पोखरामा दोस्रो मःम मेला गर्ने भएको छ। फागुन ६ देखि ८ गतेसम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने संस्थाका अध्यक्ष रवीन गुरुङ्ले जानकारी दिए। पोखरा उद्योग वाणिज्य सङ्घले प्रवद्र्वन गर्ने सो मेलाको आवश्यक तयारी शुरु भइसकेको छ। नेपालमा पछिल्लो समय मःम बढि प्रयोग हुने खाजाको रुपमा विकास भइरहेका बेला मःम पारखीहरुले मेला निकै रुचाउने अपेक्षा गरिएको छ।

चिकेन, बफ र मटन मःमको स्वाद मात्रै चाखेका मःम पारखीहरुले मेलामा २५ प्रकारका मःमको स्वाद लिन पाउँने छन्।मेलामा पनिर, खुवा, केरा, टोफु, गुदपाक, आलु, विग, ओमन, माछा, ससेज र चकलेट मःमको स्वाद लिन पाईने आयोजकको भनाई छ।मेलामा दिउँसो हाँस्यप्रहसन, दोहोरी र नौमती बाजा तथा राति लाइभ पप कन्सर्ट, फेशन शो र डिजे सेसन आकर्षणका रुपमा रहने छन्। मेलामा एक सय बढि स्टल रहने छन्।स्टल मध्य २० स्टल मःमका मात्र रहने र अन्य स्टल विभिन्न उत्पादन तथा व्यवसायीक प्रयोजनका रहने छन्। आइबारदेखि नै स्टल बुकिङ खुल्ला गरिएको छ।

मेला सम्पन्न गर्न ४४ लाख खर्च लाग्ने र एक लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ।मेलाबाट बचत भएको रकम पोखरामा आध्यात्मिक पर्यटन प्रवद्र्वनका लागि अन्र्तराष्ट्रिय योग ध्यान केन्द्र निर्माणमा खर्च गरिने अध्यक्ष गुरुङले जानकारी दिए। यसअघि ट्रेनर नेपालले पतञ्जली योग शिविर, मिस पोखरा क्वीन, मेगा मोडल पोखरा, नेपथ्य व्याण्डको लाइभ कन्सर्ट र दशै महोत्सव जस्ता कार्यक्रम गरिसकेको छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस