गोर्खा, २६ पौष –
लायन्स डिष्ट्रीक्ट ३२५ बि १ नेपालले गोर्खा भच्छेकका भूकम्पपिडीत परिबारलाई न्यानो कपडा वितरण गरेको छ । भच्छेक स्थीत हंसपुर गा.वि.स. वडा नं. ३ र ९ का भूकम्प प्रभावित २४० परिवारलाई शनिबार आयोजित एक कार्यक्रममा ब्लाङ्केट, कम्बल, स्वीटर, पछ्यौरा, ज्याकेट, ट्राउजर, जुत्तामोजा लगायतका करिब ९ लाख बराबरको न्यानो कपडा वितरण गरिएको लायन्स डिष्ट्रिक्टको न्यानो कपडा वितरण कार्यक्रमका गण्डकी क्षेत्र संयोजक दुर्गाप्रसाद हुमागाईले बताए ।
लायन्स डिष्ट्रक्ट ३२५ बि १ नेपालका क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्यको प्रमुख आतिथ्यतामा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा राहत लिन हंसपुर गा.वि.स. ३ र ९ वडाका वृद्धवृद्धा र बालबालिका ४ घण्टा सम्म पैदल हिंडेर आइपुगेका थिए । भूकम्पबाट अति प्रभावित भच्छेक हंसपुर गाउँका अधिकांश घर भत्केका छन भने स्थानीयबासी पाल र टिनको पातामुनि रात बिताउन बाध्य छन् । शनिवार विहान राहत वितरण गर्न पुग्दा समेत त्यस क्षेत्रमा असिनापानी र हिमपात भईरहेको थियो । अत्यधिक चिसोले जनजीवन प्रभावित भईरहेको बेला लायन्सले त्यती दुर्गम स्थानमा न्यानो कपडा सहितको राहत सामग्री लिएर पुग्दा स्थानीयले लायन्सको यो कार्यको सह्राना गरेका थिए । गोर्खा १२ किलो बजारबाट ५ घण्टाको जिप यात्रापछि पुगिएको भच्छेक गाउंमा राहत पुर्याउँदा पिडित वृद्धवृद्धा र बालबालिका अत्यन्त खुशी देखिन्थे ।
विभिन्न संघसंस्थाले राहत वितरण गर्दा पिडितको हातसम्म कमै पुगेको र लायन्सले मात्र यती दुर्गम क्षेत्रमा आएर पहिलोपटक राहत बाडेको र आफुले सजिलै राहत पाएको स्थानिय भुकम्प प्रभावित क्षेत्र बहादुर मगरले बताए ।
चिसोबाट प्रभाबित भूकम्प पिडित वृद्धवृद्धा र बालबालिकालाई लक्षीत गरी भच्छेक स्थीत हंसपुर गा.वि.स. क्षेत्रमा मात्र डिष्ट्रीक्टको तर्फबाट करिब ९ लाख बराबरको न्यानो कपडा वितरण गरिएको डिष्ट्रीक्ट गभर्नर लायन ध्रुव थापाले बताए । यो सहयोग डिष्ट्रीक्टको एक लायन्स एक न्यानो कपडा अभियान अन्तर्गत गण्डकी र धौलागिरी क्षेत्रका लायन्स क्लब, व्यक्ती र विभिन्न संघसंस्थाबाट जुटाईएको गभर्नर थापाले स्पष्ट पारे ।
चिसोबाट कठ्याङ्ग्रीएका भच्छेक गाउका भूकम्प पिडितलाई लायन्सको यो सहयोगले न्यानोपनको महसुस हुनेछ कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं लायन्स डिष्ट्रिक्टका क्याविनेट सेक्रेटरी लायन विश्वेश्वर आचार्यले भने । सरकारले गर्नुपर्ने सहयोग नगरीरहेको बेला लायन्सले न्यानो कपडा जुटाएर यती विकट क्षेत्रमा वितरण गर्न आईपुगेको पनी आचार्यले बताए । यो सहयोग कतैबाट अनुदान आएको नभर्ई लायन्स सदस्यले स्वत स्र्पमा खुला दिलले गरेको सहयोग भएको उनले स्पष्ट पारे ।
लायन्सको न्यानो कपडा वितरण कार्यक्रमका गण्डकी क्षेत्र संयोजक दुर्गाप्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्यालीका अध्यक्ष नारायण सिग्देल,सेन्ट्रल स्टेटका अध्यक्ष बद्री पंडित र क्लब पदाधिकारीले सघाएका थिए । गण्डकी र धौलागिरी क्षेत्रका बिभिन्न लायन्स क्लबहरु ,पोखराको नोभेल एकेडेमी, नमस्ते फाउण्डेशन पोखरा, समाजसेवी के.पी. श्रेष्ठ, प्रमिला श्रेष्ठ र गण्डकी ग्रुपका हरिश्वर पोख्रेल लगायतले यो अभियानलाई सघाएको संयोजक हुमागाईंले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution