पोखरा, २६ पौष –
बगर भाइखलकद्धारा आयोजना गरेको पांचौ संस्करणको एस ओ एस भेट्रान फुटवलको तेश्रो दिन सात खेल सम्पन्न भएका छन । प्रतियोगिता अन्तरगत आइतबार सम्पन्न पहिलो खेलमा मित्र युवा क्लव भेट्रान काठमाण्डौले ४–० गोल अन्तरले बिरगन्ज युथ भेट्रान एकेडेमीलाई पराजित गरयो । खेलमा मित्र युवा क्लवको तर्फबाट जर्सी नम्बर १० का खेलाडी चेत नारायण श्रेष्ठले ह्याट्रिक तीन गोल गरे भने जर्सी नम्बर ११ का कल्याण खड्गीले एक गोल गरे । खेलमा चेतनारायण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
दोश्रो खेलमा एफसी पोटाला भेट्रान्स क्लव हेटौडाले क्लव मर्सिस भेट्रान बौद्ध काठमाण्डौलाई २–१ गोल अन्तरले पराजित गरयो । खेलमा हेटौडाको तर्फबाट जर्सी नम्बर ८ का खेलाडी अजय माननन्धरले दुइ गोल गरे भने मर्सिस भेट्रानका जर्सी नम्बर ११ का खेलाडी अर्जुन लामाले सान्तवना गोल गरेभने । हेटौडाका गोलकर्ता अजय मानन्धर म्यान अफ दी म्याच घोषित भए । तेश्रो खेलमा नखीपोट भेट्रान ललितपुरले आदिवासी फुटवल क्लव काठमाण्डौलाई ५–० गोल अन्तरले पराजित गरयो ।
खेलमा जर्सी नम्बर १० खेलाडी राजेश लेप्चाले ह्याट्रिक तीन गोल गरेभने जर्सी नम्बर १५ का खेलाडी राजु खड्का र जर्सी नम्बर १२ का खेलाडी विजय गुरुङले एक एक गोल गरे । प्रतियोगितामा म्यान अफ दी म्याच ह्याट्रिक गर्ने खेलाडी राजेश लेप्चा म्यान अफ दी म्याच घोषित भए । चौथो खेलमा नाइट किङ सानो गौचरण काठमाण्डौ नीलो ले ए बी सी भेट्रान पोखरालाई २–१ गोल अन्तरले पराति गरयो । खेलमा काठमाण्डौ निलोको तर्फबाट जर्सी नम्बर ४ का अरुण शाहले दुईगोल गरेभने एबीसीको तर्फबाटजर्सी नम्बर ६ का लिलाजंग गुरुङले सान्तवना गोल गरे । खेलमा काठमाण्डौ निलोका अरुण शाह म्यान अफ दी म्याच घोषित भए ।
पांचौ खेलमा निर्धारित समयमा कुनै गोल हुन नसकेपछि ट्राइबेकरमा दिप युनाइटेड पोखराले सी एफ टी हेटौडालाई ४–३ गोल अन्तरले पराजित गरयो । खेलमा दीपका खेलाडी जर्सी नम्बर एकका खेलाडी भिम बहादुर छन्त्याल म्यान अफ दी म्याच घोषित भए ।
छैठौ खेलमा भाटभटेनी हेल्थ क्लव काठमाण्डौले चितवन ११ लाई ५–२ गोल अन्तरले पराजित गरयो । खेलमा भाटभटेनीका खेलाडी जर्सी नम्बर ७ का बिनोद पुडासैनी र जर्सी नम्बर १० का उमेश लामाले दुई दुई गोल गरेभने जर्सी नम्बर ११ का खेलाडी जगतमान लामाले एक गोलल गरे । त्यस्तै चितवनको तर्फबाट जर्सी नम्बर ९ का खेलाडी शुकलाल तामाङ र जर्सी नम्बर १२ का खेलाडी बिजय चौधरीले एक एक गोल गरे । खेलमा भाटभटेनीका खेलाडी बिनोद पुडासैनी म्यान अफ दी म्याच घोषित भए ।
आइतबार सम्पन्न अन्तिम खेलमा फोर्टी फाउण्डेशन नेपाल काठमाण्डौ ले बगर भाइखलक ए लाई तीन एक गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरयो । खेलमा फोर्टी फाउण्डेशनको तर्फबाट ओमकृष्ण श्रेष्ठले दुई गोल गरेभने बगर भाइखलकका जर्सी नम्बर ४ का हरि गुरुङको आत्घाती गोलले फोर्टी प्लसलाई अग्रता दिन सफल भयो । बगर भाइखलकको तर्फबाट भने जर्सी नम्बर ७ का खेलाडी पप्पुले सान्तवना गोल गरे । खेलमा फोर्टी प्लसका खेलाडी ओमकृष्ण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा सोमबार क्वार्टर फाइनल र सेमी फाइनलका खेलहरु हुने आयोजकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution