नेपालको संविधानको विरोध किन ? विषयक अन्तरक्रिया कार्यक्रम माघ ३ हुने

पोखरा, २६ पौष –

तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशल आउदो माघको ३ गते आइतवार पोखरामा नेपालको संविधानको विरोध किन ? विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

असोज ३ गते जारी गरिएको नेपालको संविधान तमु लगायत आदिवासी जनजातिको पहिचान, अधिकार, प्रतिनिधित्व, पहुँच विहिन भन्दै अस्विकार गर्दै संघर्षरत तमुवान संयुक्त संघर्ष समितिले जागरण अभियान अन्र्तगत माघ ३ गते पोखरा उद्योग बाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा पुर्वसभामुख, संविधानविद् मानवअधिकारवादी अगुवा दमननाथ ढुंगाना, पूर्व राजदुत, पूर्व सांसद नागरिक अगुवा विजयकान्त कर्ण मुख्य वक्ता रहनु भएको तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशका संयोजक हुमबहादुर गुरुङले जानकारी दिनुभयो ।

माघ ३ गते पोखरा उद्योग बाणिज्य संघको सभाहलमा हुने उक्त कार्यक्रममा टिप्पणीकार अधिवक्ता सुरेन्द्र थापामगर, अधिवक्ता जुनाकुमारी गुरुङ लगायत रहनु हुने संघर्ष समिति सचिव गजेन्द्र सुब्बाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई व्यवस्थित गर्न देवीराज तमुको संयोजकत्वमा कार्यक्रम स्थल(हल व्यवस्थापन) उपसमिति, फोनिज कास्कीका उपाध्यक्ष रुद्रबहादुर श्रीसमगरको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, पुरनध्वज गुरुङको आर्थिक व्यवस्थापन उपसमिति, कृष्ण तामाङको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति, गणेशमान गुरुङको संयोजकत्वमा अतिथि व्यवस्थापन एवं सत्कार उपसमिति, गजेन्द्र लिम्बुको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति संघर्ष समितिको आइतवार सम्पन्न्न बैठकले गठन गरेको बताइएको छ ।

सत्तारुढले विश्वकै उत्कृष्ठ भनी प्रचार गरिएको संविधानको यथार्थता बुझ्न र तमुवान संयुक्त संघर्ष समिति, मधेश, थरुहट, लिम्बुवान, मगराँत, ताम्सालिङ, नेवा, खसान लगायतका आन्दोलनहरुले उक्त संविधानलाई किन प्रतिगामी भनिएको हो प्रष्ट हुन कार्यक्रममा सहभागीताका लागि तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेश संयोजक हुमबहादुर गुरुङले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button