पोखरा, २६ पौष –
ब्रिटिस साम्राज्यको पक्षमा प्रथम र द्धितिय विश्व युद्ध लगायत कैयौं क्षेत्रीय युद्धहरुमा मारिएका र हराईरहेका निर्दोष ६० हजार बढी गोरखाहरुको स्मरणका लागि गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले साल्मे डाडामा निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि कस्केली पत्रकारहरुले एक दिन श्रमदान गर्ने भएकाछन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीको संयोकत्वमा, तमु संचारकर्मी संघ कास्की र मगर आमसंचारकर्मी समाज कास्कीको पहलमा कस्केली पत्रकारहरुले माघ ४ गते सोमवार एक दिन श्रमदान गर्ने भएको हो । गोरखा स्मारक निर्माण भइरहेको स्थल साल्मेडाडामा उक्त दिन करिब ४० जना कस्केली पत्रकारहरुको सहभागीता रहने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो । बेलायती साम्राज्यका लागि हाम्रा पूर्खाले अनाहकमा जीवन उत्सर्ग गरेकाछन्, उनीहरुको स्मरणमा निर्माण भइरहेको गोरखा स्मारकमा हामी पत्रकारहरुले कलम, आवाजका साथै भौतिक निर्माणमा पनि श्रमदान गर्ने तयारीमा जुटेको अध्यक्ष गुरुङको भनाई छ ।
न्यायको पक्षमा बेलायती साम्राज्य विरुद्ध २५ वर्ष अघिदेखि अनवरत संघर्षरत गेसोले निर्दोष गोरखाको न्यायका लागि र अनाहकमा जीवन गुमाएका १९ जातका ६० हजार बढी गोरखाको सम्मानमा स्याङ्जा जिल्लाको फेदीखोला गाविस वडा नं. ८ रामकोट नजिकै रहेको साल्मेडाडामा गतवर्षदेखि गोर्खा स्मारक पार्क गरिरहेको छ । करिब ५ अरब भन्दा बढीको योजना रहेको पार्कको पहिलो चरणमा गोरखा समाधिको निर्माण कार्य भइरहेको छ ।
पोखराबाट करिब १५ किलोमिटर दुरीमा रहेको साल्मेडाडामा निर्माणाधीन गोरखा समाधिघर, गोरखा संग्रहालय, गोरखा साँस्कृतिक ग्राम, गोरखा टावर, छोटो रेल, शान्ति बाटिका लागिका योजनाहरु रहेकाछन् ।
गोरखा स्मारक निर्माणसँगै उक्त स्थल गोरखाहरुका लागि पवित्र स्थल बन्नेछ भने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution