राष्ट्रिय एकता दिवसको अवसरमा रयाली सम्पन्न

पोखरा, २७ पौष –

२९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल कास्कीको आयोजनामा भव्य एकता रयाली सम्पन भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

राप्रपा नेपालको देशका ७५ वटै जिल्लामा नेपाललाई एकीकरण गरी एउटै मालामा उन्ने काम गरेका बडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै एकता दिवस मनाउने निर्णय गरे बमोजिम पोखरामा भव्य रयाली सम्पन्न गरिएको हो ।

पोखराको चिप्लेढुङ्गबाट बाजागाजा, भजन, झाँकीसहित शुरु हुने उक्त रयाली न्यूरोड, सभागृहचोक, पृथ्वीचोकमा पुगी विशेष एकता सभामा परिणत भएको थियो।
सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले बडामहाराज पृथ्वीनारायण शाहले धेरै राज्यमा टुक्रिएर रहेको देशलाई एउटै सुत्रमा बाँधी नेपाल एकीकरण गरेको बताउँदै उहाँको एकीकरणको कारण नै अहिले हामीले नेपाल भन्न पाएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रोमबहादुर भण्डारी, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, जिल्ला उपाध्यक्ष भीम भण्डारी, अधिवक्ता कृष्ण प्रसाद चापागाई लगायतले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि गर्नुभएको योगदानको बारेमा चर्चा गर्दै एकता दिवसमा राष्ट्रिय विदाको समेत माग गर्नुभएको छ ।

एकता रयालीमा पार्टीका केन्द्रीय सदस्यहरु शिवकुमार बाँस्तोला, देवीजंग गुरुङ्ग, विष्णुदेवी गुरुङ्ग, अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बास्तोला, जिल्लाका पदाधिकारीहरु, उपाध्यक्षहरु, प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य हिक्मतजंग कार्की, मुस्लिम समाजका केन्द्रीय सदस्य अमिर मियाँ, भातृस गठनका अध्यक्ष तथा पदाधिकारीहरु, क्षेत्रीय अध्यक्षहरु, कार्यसमिति सदस्यहरु र जिल्लाका नेता तथा कार्यहरुहरु एवं पोखरेली जनसमुदायहरुको उल्लेख्य उपस्थि ति रहेको थियो ।

राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुण बिक्रम राणाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button