पोखरा, २७ पौष –
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत गठित नेपाल रेडक्रस सोसाइटी निर्मलपोखरी उपशाखाको साधारण सभा पोखरा– २३ फेदीपाटनमा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज पौडेलले रेडक्रसले विभिन्न क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिदै सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
साधारण सभामा गत बर्षको आय व्यय विवरण र आगामी बर्षको लागि प्रस्तावित आय व्यय विवरण उपशाखाका कोषाध्यक्ष सिता पौडेलले प्रस्तुत गर्नुभएको थियो भने गतबर्षको प्रगति प्रतिवेदन र आगामी बर्षमा गरिने कार्यक्रमको विवरण उपशाखाका सचिव रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
उपशाखाका सभापति युवराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी एवं रेडक्रसका आजीवन सदस्य मुक्तिराम पौडेल र गुरु प्रसाद पौडेल लगायतले रेडक्रसले गरेका कार्यबारे बोल्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution