नेपाल रेडक्रस सोसाइटी निर्मलपोखरी उपशाखाको साधारण सभा सम्पन्न

पोखरा, २७ पौष –

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तरगत गठित नेपाल रेडक्रस सोसाइटी निर्मलपोखरी उपशाखाको साधारण सभा पोखरा– २३ फेदीपाटनमा सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सभाको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज पौडेलले रेडक्रसले विभिन्न क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिदै सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

साधारण सभामा गत बर्षको आय व्यय विवरण र आगामी बर्षको लागि प्रस्तावित आय व्यय विवरण उपशाखाका कोषाध्यक्ष सिता पौडेलले प्रस्तुत गर्नुभएको थियो भने गतबर्षको प्रगति प्रतिवेदन र आगामी बर्षमा गरिने कार्यक्रमको विवरण उपशाखाका सचिव रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

उपशाखाका सभापति युवराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी एवं रेडक्रसका आजीवन सदस्य मुक्तिराम पौडेल र गुरु प्रसाद पौडेल लगायतले रेडक्रसले गरेका कार्यबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button