नेपाली काङ्ग्रेसका शीर्ष नेता पोखरा आउने

पोखरा, २७ पौष –

नेपाली काङ्ग्रेस निति तथा प्रशिक्षण प्रतिष्ठानको अयोजनामा पोखरामा संविधान सम्वत निति र विधान सम्वन्धि अभिमूखी तथा प्रशिक्षण कार्यक्रम हुने भएको छ।

नेपाली काङ्ग्रेस कास्कीको व्यवस्थापनमा हुने उक्त कार्यक्रमा पुस २९ र ३० गते दुई दिन चल्ने छ।

कस्तो वन्यो संविधान सद्भाव र एकताको अभियान भन्ने नार दिएको उक्त कार्यक्रममा उद्घाटन सत्रमा नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइराला, पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सहित केन्द्रिय स्तरका नेताहरुको सहभागि हुने नेपाली काङ्ग्रेस कास्कीका सभापति तथा सांसद यज्ञबहादुर थापाले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं.४ अन्तर्गत गण्डकी धौलागी र नवलपरासीका जिल्ला सभापति, क्षेत्रीय सभापति तथा महिला महासमिति सदस्यको सहभागिता रहने छ।

कार्यक्रमको उद्घाटन सत्र नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा पुस २९ गते हुने र प्रशिक्षण मुस्ताङचोक स्थित होटल लेगेसीमा हुने सभापति थापाले जानकारी दिए।

कार्यक्रमको उद्घाटन सत्रमा पार्टी शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम भएकोले सम्पूर्ण कास्कीका कार्यकर्तालाई सहभागि हुने सभापति थापाले आग्रह गरेका छन्।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button