पोखरा, २७ पौष –
छैटौ संस्करणको पोखरा महोत्सवलाई भब्यताका साथ सफल बनाउनका लागी पोखरा नगर क्षेत्रमा रहेका विभिन्न टोलबिकास संस्थाहरु र नगर समन्वय समितीले सहयोग गर्ने भएका छन । सोमबार महोत्सव स्थल अमरसिंह चौरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनाइटेड क्लवले आयोजना गर्दै आइरहेको पोखरा महोत्सवलाई विगतमा पनि सहयोग गर्दै आइरहेको र छैटौ पोखरा महोत्सवलाई पनि भब्य र सब्य बनाउका लागी सहयोग गर्ने बताएका हुन ।
अन्तरक्रिया कार्यक्रममा वोल्दै टोल बिकास संस्था नगर समन्वय समिती पोखराका अध्यक्ष उज्जवल केसीले पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव भएकाले यसलाई विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि भब्य र सब्य बनाउनका लागी सम्पूर्ण टोल बिकास संस्था र नगर समन्वय एकजुट भएर लागी पर्ने वताए । महोत्सवको उद्घाटन समारोहको दिन पोखराका सम्पूर्ण नगर समन्वय समिती र टोल बिकास संस्थाको सहकार्यमा विभिन्न आमा समुह, जातजाति भाषाभाषीका समुहलाई रयालीमा समाहित गराउने समेत केसीले वताए ।
युनाइटेड क्लवका अध्यक्ष्ँ तथा महोत्सव संयोजक हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कार्यका लागी आयोजना हुदै आएको र सवै पोखरेलीहरुको सहयोगमा आज सम्म आइपुग्दा यो वर्षदेखि पोखरा महोत्सवले पोखरालाई मात्र नभइ लेखनाथ क्षेत्रलाई समेत समेटेर अगाडी वढेको वताए ।
अन्तरक्रिया कार्यक्रममा पोखरा उपमहानगरपालिका भित्र रहेका १८ वटै वडाका टोल बिकास संस्थाका अध्यक्ष सहित पदाधिकारीहरुको सहभागीता रहेको थियो भने क्लवका पदाधिकारीहरुको समेत सहभागीता रहेको क्लवका सल्लाहकार तथा महोत्सवका संघ सस्था तथा झाकी रयाली संयोजक सम्मरबहादुर श्रेष्ठले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution