पोखरा, २७ पौष –
पुरोनो टुडिखेलको खेलमैदानमा जारी पांचौ एस ओ एस बगर भाइखलक एट ए साइड भेट्रानको उपाधीका लागी भाटभटेनी हेल्थ क्लव काठमाण्डौ र फोर्टी फाउण्डेशन नेपाल भिड्ने भएका छन ।
सोमबार सम्पन्न पहिलो खेलमा एम वाई सी काठमाण्डौले नखीपोट ललितपुरलाई चार शुन्य गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरयो । खेलमा एम वाइ सीको तर्फबाट तेजनारायण श्रेष्ठ र हरिहर थापाले दुइ दुइ गोल गरेभने खेलमा तेजनारायण श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तै दोश्रो खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइबेकरमा फोर्टी फाउण्डेशन नेपालले दीप युनाइटेडलाई पांच चार गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरयो । खेलमा फोर्टी फाउण्डेशनका गोल रक्षक गोपाल महर्जन म्यान अफ दी म्याच घोषित भए । तेश्रो खेलमा लायन्स क्लव अफ मुनाल पोखराले एफसी पोटाला हेटौडा लाई दुइ एक गोल अन्तरले पराजित गरयो । खेलमा लायन्सका तर्फबाट तेजनारायण पराजुली र सिद्धार्थ श्रेष्ठले एक एक गोल गरे भने हेटौडाको तर्फबाट मनोज चौधरीले सान्तवना गोल गरे । खेलमा लायन्सका खेलाडी सिद्धार्थ श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए ।
चौथो खेलमा भाटभटेनी हेल्थ क्लव र नाइट किङ क्लव सानो गौचरणबीच खेल अवधिभर कुनैपनि गोल हुन नसकेपछि ट्राइबेकरमा भाटभटेनीले गौचरणलाई तीन दुई गोल अन्तरले पराजित गरयो । खेलमा भाटभटेनीका गोल रक्षक प्रकाश कुमार मगर म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताको पहिलो सेमी फाइनलमा फोर्टी फाउण्डेशन नेपाल र मित्र युवा क्लव काठमाण्डौ बीच भएको खेलमा खेल समयभित्र कुनैपनि गोल हुन नसकेपछि ट्राइबेकरमा फोर्टी फाउण्डेशनले भित्र युवा क्लवलाई दुइ एक गोल अन्तर गर्दै फाइनलमा प्रवेश गरयो । खेलमा फोर्टी फाउण्डेशनका गोपाल महर्जन म्यान अफ दी म्याच घोषित भए ।
दोश्रो सेमी फाइनलमा भाटभटेनी हेल्थ क्लव काठमाण्डौले लायन्स क्लव अफ मुनाल पोखरालाई दुइ शुन्य गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरयो । खेलमा भाटभटेनीको तर्फबाट उमेश लामाले दुइ गोल गर्न सफल भएभने म्यान अफ दी म्याच पनि लामानै घोषित भए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution