पोखरा, २७ पौष –
रेडियो जननी ९०.६ ले आफ्नो दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरि भव्यताका साथ मनाउने भएको छ । उद्यमशीलता, स्वतन्त्रता र समानताको नारालाई आत्मसात गर्दै स्थापना भएको पद्मावती मिडिया प्रालि द्धारा सञ्चालित रेडियो जननीले मार्च ८ का दिन दोस्रो वर्षमा प्रवेशको अवसरमा विविध कार्यक्रम गर्न लागेको सोमबार एक कार्यक्रमका बीच जानकारी गराएको छ ।
रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारीले वार्षिकोत्सवका अवसरमा रेडियोले पोखराका २९ वटै वडाका क्रियाशिल महिलाहरुको समुह मध्ये उत्कृष्ट ३ वटा समुहलाई जननी अवार्ड– २०७२ बाट सम्मान गरिने बताउनुभयो । उहाँले विभिन्न क्षेत्रमा सक्रिय रुपमा लागेका महिलाहरुलाई जननी सम्मान–२०७२ बाट सम्मान गरिने बताउँदै यस वर्ष पनि अघिल्लो वर्ष जस्तै स्मारिका प्रकाशनलाई निरन्तरता दिइने बताउनुभयो ।
जननी अवार्ड २०७२ का संयोजक उज्ज्वल खत्रीले महिलाहरुले समाजमा गरेका कामको मुल्याङकन गर्दै जननी अवार्ड र जननी सम्मान गर्न लागिएको बताउँदै यस्ता सम्मानहरुले महिलाहरुलाई समाजमा अझ सशक्त भएर लाग्ने प्रेरणा मिल्ने बताउनुभयो । उहाँले सबै महिला दिदि बहिनीहरुलाई मार्च ८ का दिन सम्मान गरिने बताउँदै आफुहरुले गरेको कामको लेखाजोखा गर्न आग्रह गर्नुभएको छ ।
जननी अवार्ड छनोट समितिका सदस्य लोकदर्शन कोइरालाले महिलाहरुलाई सशक्त बनाउने उद्देश्यले जननी अवार्डलाई निरन्तर दिएको बताउनुभयो । उहाँले महिला समन्वय समितिका प्रतिनिधिहरुलाई जननी अवार्डमा सहभागीताका लागि फर्म भर्ने तरिका, फर्ममा समावेश गर्ने विषयवस्तुको बारेमा जानकारी दिँदै पारदर्शीताका साथ फर्म भर्न आग्रह गर्नुभयो ।
रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले महिला उद्यमीद्धारा सञ्चालित र महिला मात्र कार्यरत रेडियो जननीले विगतका दिनहरुमा महिलाहरुलाई समाजमा अग्रसरता गराउनका लागि विभिन्न तालिमहरुको आयोजना गरी महिलाहरुलाई सक्रिय गराएको स्मरण गर्दै दोस्रो वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गर्न सहयोगको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा २९ वटै वडाका महिला समन्वय समितिका प्रतिनिधिहरुलाई जननी अवार्डमा सहभागीताका लागि फर्म वितरण गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution