नेपाललाई विखण्डन गर्ने षड्यन्त्रको रुपमा तराईमा दुई प्रदेश माग गरीएको – खनाल

पोखरा, २७ पौष –

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाललाई विखण्डन गर्ने षड्यन्त्र रुपमा तराईमा दुई प्रदेशको माग गरीएको आरोप लगाएका छन ।

नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटीको आयोजनामा सोमबार पोखरामा आयोजना भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले भारतको गुप्तचर संस्था रले विकसित गरेको एक मुलुक दुई राष्ट्रको सिद्धान्त अनुरुप नेपाललाई विखण्डन गर्ने षड्यन्त्र रुपमा तारईमा दुई प्रदेशको प्रस्ताव आएको आरोप लगाएका हुन ।

उनले भने “एक प्रदेश एक मधेश असफल भएपछि मधेसवादी दलले तराईलाई दुई प्रदेश बनाउन खोजेका हुन, नेपाललाइ विखण्डन गर्नका लागि १९७१ मै र ले विकास गरेको ‘टु नेसन थ्यूरी’ लाई प्रायोजित रुपमा बोकेर मधेसी मोर्चाले आन्दोलन गरेका छन ।”पूर्व प्रधानमत्री समेत रहेका नेता खनालले नेपाली समाज गोत्र, गण र कविलाको अवस्था पार गरेर जातीय अवस्थामा आएको बताए । १ सय २५ जातजातिको नेपाल एउटा राष्ट्र भएको बताउदै उनले पहाड एउटा राष्ट्र, तराई अर्को राष्ट्र भनेर कुप्रचार गरिदैं आएको बताए । उनले भने “नेपाल बहुभाषिक, बहुजातिक, बहु साँस्कृतिक एउटा राष्ट्र हो भनी संविधानमा व्यवस्था भएकोले देशलाई विखण्डन गर्ने गरी आएका गतल प्रचारलाई निरुत्साहित गर्नुपर्दछ ।’ एउटा समाज राष्ट्र हुनका लागि साझा भूमि, आर्थिक सम्वन्ध, साझा भाषा, साझा संस्कृति र साझा मनोवैज्ञानिक भावना हुनुपर्ने उनको भनाई छ ।

नेता खनालले संघीयताको सिमांकन परिर्वतन हुन नसक्ने ठोकुवा गरे । उनले भने “ पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाए कम विवादित हुन्छ, पूर्वतिर सिमा परिर्वतन गर्दा पश्चिममा आगो बल्छ, पश्चिमा सिंमाकन हेरफेर गर्दा पूर्वमा आगो बल्छ ।’त्यसैले सिमांकन परिर्वतनको विषय जटिल छ । ” भारतले लगाएको नाकाबन्दीलाई अवसरका रुपमा लिनुपर्ने बताउदै उनले अन्तर्राष्ट्रिय कानुन विपरित नाकाबन्दी लगाएर भारतले अन्याय गरेको जनाए । नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले संविधानको कार्यान्वयन, राष्ट्रिय स्वाभिमानको रक्षा, जनताको स्वतन्त्रता रक्षाको लागि अहिलेको सत्ता समिकरण बनेको बताए । उनले भने “अन्तर बस्तुको हिसावले नेपालको संविधान विश्वका संविधान मध्येमा उत्कृष्ट रहेको छ । ” नेकपाल एमाले गण्डकी इन्चार्ज जगत विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका नेताहरु खगराज अधिकारी, सोमनाथ अधिकारी प्यासी, तुलबहादुर गुरुङ, मायानाथ अधिकारी, पदमा अर्याल लगायतले वोलेका थिए । मंगलबार सम्म चल्ने प्रशिक्षण कार्याक्रममा गण्डकी अञ्चलका नेता कार्यकर्ताको सहभागिता रहेको एमालेले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button