३१ जना चिनिया पर्यटकको टोली पोखरामा

पोखरा, २७ पौष –

भूकम्प र नाकाबन्दि पछि नेपाल घुम्न आउने बिदेशी पर्यटकको संख्यामा भारी गिरावट आएको तथ्यांक सार्वजनिक भइरहदा आज सम्भवत भूकम्प पछि सबै भन्दा ठुलो चिनिया टोलि पोखराको लेकसाइडमा भेटिएको छ ।  चिनको हंगकंग युनिभरसिटीबाट ३१ जनाको चिनिया टोलि २६ गते काठमाडौँ हुदै पोखरा आई पुगेको हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

चिनीया पर्यटक टोलि मध्येका एक वांग जिहानले आफुहरु ७ दिनको भ्रमणको लागि पोखरा आई पुगेको पोखराआर्थिक डटकम लाई बताए । उनका अनुसार एक दुइ दिनको पोखरा भ्रमण पछि उनीहरु अन्नपूर्ण पदयात्राको लागि जाने छन् । भूकम्प पछिको पोखरा कस्तो रहेछ भनि पोखराआर्थिक डटकमले सोधेको प्रश्नको जवाफमा टोलीका सहभागीहरुले पोखरा सुरक्षित रहेको र पोखरा आफुहरुलाई निकै रमाइलो लागेको बताएका छन् ।

पोखराको हल्लनचोकमा रहेको आस्ना अधिकारी टिभि रेडियो तथा मोवाईल पसलमा सिक कार्ड लिनको लागि फारम भर्दै गरेका चाईनीज नागरीकहरु समक्ष पोखराआर्थिक डटकमले कुराकानी गरेको थियो। विश्वकै उत्कृष्ट पदमार्ग अन्र्तगत पर्ने अन्नपूर्ण पदयात्राको लागि पोखरा आएका ३१ जनाको टोली मध्य २३ जनाले सिम कार्ड लिएको पसल संचालक दान बहादुर अधिकारीले बताए ।

chinese

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button