पोखरा, २८ पौष –
कास्कीको लेखनाथमा मंगलबार विहान साढे ९ बजे स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । विद्यार्थी बोकेर विद्यालय जाँदै गरेको जुनियर सिटिजन एकेडेमीको ग.१ ख. १००७ नम्बरको बस लेखनाथको कन्यानीडाँडा नजिकैको भीरबाट खस्दा ६ जना विद्यार्थी, एक चालक र एक सहचालक घाईते भएका हुन् ।
घाईते मध्ये सहचालक देवीराज सुवेदीको दाहिने खुट्टा भाँचिएको र चालक मानवहादुर गुरुङसहित ६ विद्यार्थीलाई सामान्य चोट लागेको ईलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरिक्षक मित्रबहादुर आचार्यले जानकारी दिए । उनका अनुसार घाइते सबै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिदैछ । उनीहरुको सबैको अवस्था सामान्य छ ।
कन्यानी डाँडाको उकालोबाट देब्रे मोड्ने क्रममा बस पल्टिएर १० मिटर तल खसेको प्रहरी निरिक्षक आचार्यले जानकारी दिए । घुम्ती काट्न नसक्दा दुर्घटना भएको हुनसक्ने उनको आशंका छ ।
जिल्ला प्रहरी कार्यलय कास्कीको पछिल्लो जानकारी अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गराइ राहेका ७ घाइते मध्ये कक्षा १ मा अध्ययनरत कालिका ३ बस्ने बर्ष ८ कि स्मृति रानाभाट , कक्षा ७ मा अध्ययनरत कालिका ३ बस्ने बर्ष १२ कि सुष्मिता रानाभाट, कक्षा ५ मा अध्ययनरत कालिका २ बस्ने बर्ष १२ कि बिनिता रानाभाट, कक्षा ६ मा अध्ययनरत कालिका ६ बस्ने बर्ष १२ कि श्रुति अधिकारी, कक्षा ४ मा अध्ययनरत कालिका ३ बस्न बर्ष १० का आशिष भण्डारी र कक्षा ४ मा अध्ययनरत कालिका ३ बस्ने बर्ष ९ का एन्जल के।सी सामान्य उपचार पश्चात डिस्चार्ज भइ सकेका छन् भने ले.न.पा. ४ बस्ने कक्षा ५ मा अध्ययनरत बर्ष १० कि सलिना रानाभाटको अस्पतालमा उपचार भईरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution