पोखराको प्राकृतिक सम्पदाहरुलाई जोगाएर राख्नु पर्ने राज्यमन्त्री शाहीको आग्रह

  • पोखरा न्यूज
  • २०७२ पौष २८
पोखराको प्राकृतिक सम्पदाहरुलाई जोगाएर राख्नु पर्ने राज्यमन्त्री शाहीको आग्रह

पोखरा, २८ पौष –

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले स्रोत र साधानको वढि भन्दा वढि प्रयोग गरेर विकास निर्माणमा जुट्न आग्रह गरिन् ।

स्रोत र साधनको हिसावले पोखरा सम्पन्न छ उनले भनिन्–भएका स्रोत र साधनको वढि भन्दा वढि प्रयोग गर्न तर्फ लाग्नुहोस्। सुविधाहरुलाई पार नगरपालिकाबाट प्रवाह गर्ने सेवा दर्शीता अपनाउन उनले आग्रह गरिन् ।

पोखरा विश्वको ध्यान केन्द्रित गर्ने ठाँउ भएकोले यहाँको प्राकृतिक सम्पदाहरुलाई जोगाएर राख्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा पोखरा रत्न सम्मानबाट तीन जना श्रष्टालाई सम्मान गरिएको थियो। यसरी सम्मानितहुनेहरुमा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्त, लोकगायीका हरिदेवी कोइराला र भाषविद् मुकुन्दशरण उपाध्यय रहेका छन् ।

त्यैसगरी, कार्यक्रममा उत्कृष्ट करदालाई पनि सम्मान गरिएको थियो।यसरी सम्मानितहुनेहरुमा दिप हाउजि· कास्की, ग्लोवल कलेजियट उच्च मावि रानीपौवा, होटल कान्तिपुर लेकसाईड र नेपाल स्तम्भ समाज पोखरा–१८ रहेका छन् ।

त्यस्तै टोल विकास संस्था तर्फ चिसापानी टोल विकास संस्था, उपभोक्ता समिति तर्फ विपि मार्ग टोल विकास संस्था, वडा वालमञ्च तर्फ वडा नं.१७ वाल मञ्च रहेका छन्।

कार्यक्रममा सांसद तथा विकास समिति सभापति रविन्द्र अधिकारी, नेपाली काङ्ग्रेस कास्कीका सभपाति तथा सांसद यज्ञबहादुर थापा, सांसद तुलवहादुर ठकुरी, सांसद चुडामणी जंगली, सांसद सारदा पौडेल, सांसद सिता गिरि ओली, पश्चिमाञ्चल क्षेत्रिय कार्यालय पोखराका सहायक क्षेत्रीय प्रशाशक दिवाकर वाँस्तोला, स्थानिय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एकिकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुन, राप्रपा कास्कीका अध्यक्ष जेवी कुँवर, राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकाल, संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दिपक तमा·, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानिय शान्ति समिति कास्कीका संयोजक रामजीप्रसाद बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्री, वाल मञ्च नगर समितिका संयोजक अनुश्रया सुवेदीले बोलेका थिए।

पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ अधिकृत ओमराज पौडेलले स्वागत र प्रवक्ता अनन्तप्रसाद कोइरालले कार्यक्रम सञ्चालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस