मुक्तिनाथ विकास बैंकको नवौं वार्षिक साधारण सभा सम्पन्न

पोखरा, २८ पौष –

मुक्तिनाथ विकास बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा आज पोखरा स्थित होटल ग्राण्डमा सम्पन्न भएको छ । यस सभामा प्रस्तुत ३१ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद लाभांस वितरण गर्ने, २ः१ हकप्रद सेयर जारी गर्ने, बैंकको अधिकृत पूँजी रु. २ अर्ब ५० करोड पुर्याउने र अन्य उपयुक्त वित्तीय संस्थासंग प्राप्ती गाभ्ने  प्रयोजनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका सम्पूर्ण सामान्य तथा विशेष प्रस्तावहरु सर्वसम्मतीले पारित भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसै सभाले नयाँ सञ्चालक समितिका सदस्यहरुको आगामी चार वर्षको लागि सर्वसम्मतीमा निर्विरोध निर्वाचित गरेको छ । संस्थापक सेयरधनीहरुको तर्फबाट श्री मीन प्रसाद गुरुङ्ग, श्री प्रकाश प्रसाद श्रेष्ठ, श्री खिम प्रकाश मल्ल र श्री नारायण कुमार श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट श्री नारायण प्रसाद पौडेल, श्री चुडामणि कडेल र श्री गजेन्द्रमान श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

यस विकास बैंकको सम्पन्न नवौं साधारण सभाको सभापतित्व बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मिन प्रसाद गुरुङ्गले, स्वागत मन्तव्य सञ्चालक श्री डिल्लीराम तिवारीले, धन्यवाद ज्ञापन सञ्चालक श्री राम प्रसाद पोखरेलले राख्नु भएको थियो । यसै अवसरमा नव निर्वाचित सञ्चालक समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना र कार्यकाल पुरा गर्नु भएका सञ्चालकहरुलाई धन्यवाद ज्ञापन बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री खगेन्द्र राज रेग्मीले गर्नु भएको थियो ।

सभामा बैंकको लघुवित्त कार्यक्रम अन्तर्गत सञ्चालित सर्वोत्कृष्ट १० वटा केन्द्रहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।

नवनिर्वाचित सञ्चालक समितिको आजै बसेको बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः श्री मिन प्रसाद गुरुङ्गलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button