लेखनाथको बजेट २१ करोड ५२ लाख २० हजार

  • पोखरा न्यूज
  • २०७२ पौष २८
Post Thumbnail

लेखनाथ, २८ पौष –

लेखनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७३-७४ का लागि २१ करोड ५२ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ ।मंगलबार एक कार्यक्रमका बीच कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले आन्तरिक स्रोततर्फ दुई करोड ९० लाख र बाह्य स्रोत तर्फ १८ करोड ६२ लाख २० हजार गरि कुल २१ करोड ५२ लाख २० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन ।

बजेट गत बर्षको तुलनामा ४ दशमलव ३३ प्रतिशतले कमि हुन आएको देखिन्छ। गत बर्ष २२ करोड ४९ लाख ४७ हजारको बजेट पेश गरिएकोमा यस बर्ष विश्व बैकको अनुदान सहयोगमा निर्माण हुने आयोजनाहरुका कारणले बजेटमा कमि आएको नगरपालिकाले बताएको छ ।

चालु खर्चतर्फ तीन करोड ८० लाख ८६ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ १७ करोड ७१ लाख ३४ हजार विनियोजन गरिएको छ । पुर्बाधार तथा संरचना विकासमा ७ करोड ६७ लाख ७२ हजार, कृषि बन तथा वातावरणतर्फ १ करोड ३४ लाख ५० हजार, जनसख्या तथा सामाजिकतर्फ ८ करोड १८ लाख १२ हजार, संगठन तथा प्रशासनतर्फ ३ करोड ८० लाख ८६ हजार र जल स्रोत तथा भूमितर्फ ५१ लाख रुपियाँ छुट्याईएको छ ।

बजेटमा भूकम्पबाट पुर्ण रुपमा घर भत्किएका नगरवासीका लागि नक्सा पासमा १० प्रतिशत छुट दिने ब्यवस्था समेत गरिएको छ ।बजेटमा लेखनाथका सडकहरुको स्तर उन्नति, पहाडी वडामा खानेपानी पुरयाउन, वडाहरुमा सामुदायिक भवन तथा वडा कार्यालय भवन निर्माणका लागि प्राथमिकता दिइएको छ । धेरै योजनाा बजेट विनियोजन गर्दा प्रभावकारी नभएको भन्दै २ सय वटा योजना छनोट गरि बजेट विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्षमा ४ सय योजनामा समावेश गरिएको थियो ।

कार्यक्रममा संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले प्रदेश नं ४ को राजधानी लेखनाथसहित पोखरा उपत्यकालाई बनाउन बृहत्तर रुपबाट सोच्नु पर्ने बताउनुभयो । सांसद यज्ञवहादुर थापाले अन्तर्राष्ट्रिय सभाहल निर्माणका लागि बजेट विनियोजन भएर पनि बन्न नसकेको अवस्थामा दुइ तिन महिनामा राजनीतिक सहमति जुटाएर लेखनाथमै ल्याउन आफुहरुले विशेष पहल गर्ने बताए । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले परिषद्ले परम्परालाई धान्ने मात्रै काम नगरेर वृहत पोखरा उपत्यका विकासकलाई मध्यनजर गरेर अगाडी बढ्नुपर्ने बताए ।

खनालले लेखनाथ–१३ को लामेआहालमा क्षेत्रीय बसपार्क निर्माणका लागि २ सय ३४ हेक्टर जग्गा रहेको र रुपाताल संरक्षणका लागि बीस लाख र दिपाङ तालको संरक्षणका लागि ३० लाख रुपैया ताल विकास वोर्डले नियन्त्रणमा लिएकोले काम अगाडि वढ्न नसकेकोमा लेखनाथ नगरपालिकाले समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

ईन्जिनियर जगन्नाथ कोइरालाले स्वागत र सञ्चाालन लेखनाथ नगरपालिकाका कानुनी अधिकृत राममणि अधिकारीले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस