विग आईकन अन्तरगत पियानो राउण्ड शुरु

पोखरा, २८ पौष –

सातौँ चरणको अडिसनदेखि विग आईकनमा ‘पियानो राउण्ड’ शुरु भएको छ । मंगलबार भएको सातौँ चरणको अडिसन अन्तरगत छैठौँ चरणबाट छानिएर आएका उत्कृष्ट ३० प्रतिस्पर्धीहरुले गितार र पियानोको साथमा गीत प्रस्तुत गरे ।

यस्तै मंगलबारको अडिसनपछि पाँच जना प्रतिस्पर्धीहरु विग आईकनको दौडबाट बाहिरिएका छन् । आगामी चरणको अडिसनमा उत्कृष्ट २५ प्रतिस्पर्धीहरु भिड्ने एफएमले जनाएको छ । मंगलबार भएको अडिसनबाट उत्कृष्ट ३० मा पर्न सफल प्रतियोगीहरु संजीव गुरुङ, अपिल बिक, संजोग दियाली, अनिता पौडेल र राजेश बालकोटी बाहिरिएका छन् ।

मंगलबार भएको अडिसनमा गायकद्वय कर्ण दास र विनोद बाँनिया निर्णायकको रुपमा रहेका थिए । निर्णायकहरुका अनुसार पियानो राउण्डसम्म आईपुग्दा प्रतिस्पर्धीहरु निकै खारिएर आएका छन् । ‘यो साँच्चै नै राम्रो कुरा हो की सम्पूर्ण प्रतिस्पर्धीहरुमा गायनको उत्कट चाहना देखिन्छ ।’ निर्णायक रहेका गायक कर्ण दासले भने–‘यसले पक्कै पनि प्रतियोगितालाई उत्कृष्ट बनाउँछ ।’ अर्का निर्णायक विनोद बाँनियाले पनि प्रतिस्पर्धा निकै पेचिलो बन्दै गएको बताए ।

उत्कृष्ट २० छनौट गर्ने आगामी चरणको अडिसन भने विहिबार हुने एफएमले जनाएको छ । न्यूरोडस्थित स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा छैठौँ विग आईकनको अडिसन चलिरहेको छ । छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button