नेपाली काँग्रेस क्षेत्र नं ४ मा श्रद्धान्जली सभा सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ पौष २८
Post Thumbnail

पोखरा, २८ पौष –

नेपाली काँग्रेस धिताल गाउँ समितिका उपसभापति स्वर्गीय भवानी प्रसाद पौडेलको १३ दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले पौडेलको निधनले पार्टीलाई क्षति पुगेको बताए ।

समाजका ऐनाका रुपमा रहेका पौडेल राजनीति र समाजसेवालाई एकै साथ लिएर उदाहरणिय कार्य गर्दै आएका थिए । श्रद्धान्जली सभामा नेपाली काँग्रेस कास्कीका सचिव युवराज कुँवर, नेता रामचन्द्र त्रिपाठी, पोषनाथ शर्मा, कास्की क्षेत्र नं. ४ का क्षेत्रीय सभापति आईबहादुर गुरुङ, नेका नेता रामप्रसाद अधिकारी, स्वर्गीय पौडेलका भाई छविरमण पौडेल, युवा नेता देवेन्द्रबहादुर शेरचन लगायतले पौडेलको निधनले असल कार्यकर्ता गुमाउनु परेको उल्लेख गरेका थिए । नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ पोखरा २९ हेम्जामा आयोजित सभामा शिक्षक हरिप्रसाद पौडेलले स्वर्गीय पौडेलको जीवनीको प्रकास पारेको नेका क्षेत्र नं. ४ का क्षेत्रीय सदस्य राजाराम पौडेलले जानकारी दिए । स्वर्गीय पौडेलका २ छोरा, २ श्रीमती र १ छोरी रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस