पोखरा, २९ पौष –
नेपाल रेडक्रस सोसाइटी काहुँ उपशाखाको आयोजनामा पोखरा–२१, काहुँमा आयोजित चार दिने सकरात्मक सोच र उद्घोषण कला कार्यक्रम बुधवार सम्पन्न भएको छ । स्थानीयलाई सकरात्मक सोच र बोल्ने कलाको विकासको लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा बोल्दै रेडक्रस कास्कीका उप–कोषाध्यक्ष सुरेन्द्र गुरुङले काहुँ उपशाखाले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्दै आएको बताउनुभयो । रेडक्रसकर्मी भन्न पाउदा आफूलाई अन्त्यन्तै गर्व लाग्ने बताउदै रेडक्रसले प्रदान गरेको तालिमको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । कास्की शाखाका सदस्य एवम् काहुँ उपशाखाका संस्थापक सभापति इश्वरी प्रसाद आचार्यले सकरात्मक सोचाई राखि अघि बढ्नाले हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।
सञ्चारकर्मी एवम् प्रशिक्षक राजन उपाध्यायले सिकेका कुरालाई दैनिक जीवनमा लागु गर्न आग्रह गर्नुभयो । उप–स्वास्थ्य चौकिका प्रमुख दिवान श्रेष्ठले रेडक्रसले गर्ने हरेक कार्यमा सहयोग गर्ने बताउनुभयो । सहभागिको तर्फबाट मिनबहादुर गुरुङ र सारदा आचार्यले तालिमले आफूहरुको सोचाइमा परिवर्तन आएको बताउदै सिकेका कुरा उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
काहुँ उपशाखाका कोषाध्यक्ष सुवेदार इन्द्रबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन उपाशाखाका सचिव इन्दिरा आचार्यले गर्नुभएको थियो । चार दिने तालिममा रेडक्रस अभियान र सकारात्मक सोचबारे कृष्ण तिमील्सिना र उद्घोषण कलासम्बन्धी राजन उपाध्यायले सहजिकरण गर्नुभएको थियो । तालिममा रेडक्रस र टोल विकास संस्थाका गरी २५ जनाको सहभागिता रहेको थियो । लैङ्गिक तथा समावेशीकरण समितिको व्यवस्थापनमा सोे तालिम भएको हो । सोहि अवसरमा नयाँ आजिवन सदस्यता समेत प्रदान गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution