पोखरा, २९ पौष –
नेपाली कांग्रेसको वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान संसोधन गरेरै मधेषी दलहरुको माग पुरा गर्ने बताएका छन । संविधान सम्मत नीति र विधान सम्बन्धि अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको बुधबार पोखरामा उद्घाटन गर्दै नेता देउवाले अन्तरीम संविधानमा समेटिएको मधेष, आदिवासि जनजाति, महिला तथा दलित बर्गको हकहितको लागि समानुपातिक शब्द छुट्न गएकोले त्यसलाई पुनरविचार गरी संविधान सम्सोधन हुने दाबी गरेका हुन ।
जनसङया निर्वाचन क्षेत्र आदिवासि जनजाति, मधेषि, महिला आरक्षण जस्ता बिषयलाई कान्वयन गर्न संविधान सम्सोधनको विकल्प नभएको उनले दाबी गरे । उनले भने “संविधान सम्सोधन भएपछि सवै जातिहरुको हकहित सुरक्षित हुन्छ, सरकारले ल्याएको उक्त प्रस्तावलाई हामीले पास गर्नुपर्छ । ”
नेपाली कागेंसको १३ औं महाधिवेसनबाट वोल्न सक्ने, क्षेमता वाना व्यक्ति आवश्यक भएको बताउदै त्यसको नेतृत्व गर्न आफु समेत सक्षम भएको घुमाउरो पारमा संकेत गरेका थिए । उनले भने “पार्टी सभापति शुशिल कोईरालाले पार्टी अध्यक्ष भएर पार्टीमा दुई धारको पार्टी छ भन्नु नै पार्टीको नेतृत्व गर्न नसक्नु हो, त्यस्तै उपसभापति रामचन्द्र पौडेलले आफु एक किक्तामा बसेर पार्टीमा गुट उपगुट भएको भन्दै हिड्नु कति उचित हुन्छ ।” आफुले पार्टीमा कुनै भागवण्डा नगरेको दाबी गर्दै देउवाले आफुले पार्टीलाई मिलाएर लैजान खोजेको बताए । उनले पार्टीलाई कसैले एक्लौटि गर्न नहुने बताउदै पार्टी सवैको भएको जनाए ।
नेपाली कागेंसका उपसभापति रामचन्द्र पौडेलले अब देशले छिट्टै निकास पाउने दाबी गरे । उनले भने “नेपाली कागेंसले मधेस दलका नेतालाई संविधानको निर्वाचन प्रद्धतीमा ल्याएको हो, मधेसदलसंग वार्ता गर्न पनि लागि परेकोले वार्ता निष्कर्षको अन्तिम चरणमा पुगेको छ, अब देशले छिट्टै निकास अनि विकास पाउछ । ”
देशको नेतृत्व हाक्न सक्ने व्यक्तिको खाँचो भएको बताउदै कागेंसकै नेतृत्वमा देशले विकासको गति लिने दाबी गरे । देशको निकास कागेंसले मात्र दिन सक्ने उनले दाबी गरे । नेपाली कागेंसको सम्पुर्ण चिन्तनमा परिर्वतन गर्नु पर्ने बताउदै चिन्तन र विचारको राजनीति आवश्यक भएको उनले बताए । उनले भने “अब पार्टी नेतृत्व हाक्न सक्ने व्यक्ति, सोच्न सक्ने, वोल्न सक्ने व्यक्तिको खाँचो छ । ”
कागेंसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सडकमा संविधान नवन्ने भएकोले सडकमा आन्दोलन नगर्न मधेस सहितका दलहरुलाई आग्रह गर्दै वार्ताबाटै माग पुरा गराउन आग्रह गरे । उनले कागेंसको महाधिवेसन तोकिएको समयमै फागुन २० गते देखि हुने दाबी गरे । कागेंसका युवा नेता गगन थापाले पार्टी भित्र देखिएको गुट जोगाउनु भन्दा पार्टी जोगाउन तर्फ लाग्नु पर्ने बताए ।
नेपाली कागेंस कास्की र पार्टीको केन्द्रिय निति तथा प्रतिष्ठान विभागको आयोजनामा भएको प्रदेश नम्बर ४ को उक्त कार्यक्रममा ३० जना भन्दा बढी कागेंसका नेताहरुले वोलेका थिए । कास्कीका सभापति यज्ञबहादुर थापाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य गोपालमान श्रेष्ठ, अजुर्ननरसिंह के.सी., शेखर कोइराला, धनराज गुरुङ्ग, नेता रामशरण महत, सुरेन्द्रराज पाण्डे, दिपक गिरी, अजुर्न जोसी, गुरुराज घिमिरे, गोविन्द भटराई, रत्न शेरचन, सांसद जिवन परियार, शारदा पौडेल, चिनकाजी श्रेष्ठ, प्रदिप पौडेल, भिष्मराज आङ्दाम्वे, उदयशम्शेर राणा, नेपाली कांग्रेस पर्वतका सभापति लालकाजी गुरुङ्ग, महासमिति सदस्य इन्दिरा तिवारी, क्षेत्र नं. ४ का सभापति आइबहादुर गुरुङ्ग लगायतले पार्टी भित्रको गुट वन्दी अन्त्य गर्नू पर्नेमा जोड दिएका थिए ।
कांग्रेसले नयाँ संविधान जारी भए पछि कार्यकर्तालाई जानकारी गराउन यस अघि प्रदेश नम्बर १ को विराटनगर र ७ को धनगढीमा प्रशिक्षण आयोजना गरिसकेको छ । एक बजेदेखि सुरु हुने भनिएको उक्त कार्यक्रम एक घण्टा भन्दा ढिलो सुरुभए पछि करीब ४ घण्टा भन्दा बढी समयसम्म उक्त कार्यक्रम चलेको थियो भने अधिकांश नेताहरु आफु वोले पछि कार्यक्रम स्थलबाट बाहिरिएका थिए । कागेंसका नेताहरु पार्टी कार्यालयमा आए पछि केहि वेर महेन्द्रपुल क्षेत्र ट्राफिक जाम हुदा जनताले सास्ती भोग्नु परेको थियो ।