आजदेखि छैठौ संस्करणको पोखरा महोत्सव

पोखरा, ३० पौष –

बजारमा केहि महिना देखि सहज आपुर्ति नभएको अवस्थामा अबको केहि दिनमा भने सहज आपुर्ति हुने नेपाल सरकारका गृह मन्त्री शक्ति बहादुर वस्नेतले बताएका छन । पोखरामा विहिबार देखि सुरु भएको छैठौ संस्करणको पोखरा महोत्सव २०७२ को उद्घाटन गर्दै गृह मन्त्री वस्नेतले आन्दोलनरत दललाई वार्ता र छलफलको माध्यमबाट सरकारले माग पुरा गराउन अन्तिम चरणमा पुगेकोले केहि दिनमा देशमा सहज हुने र आपुर्तिमा समेत अझ सहज हुने दाबी गरेका हुन ।

उनले भने “मधेस दलका नेताहरुसंग सरकारले राजनीतिक, कुटनितिक र शान्ति सुरक्षा कायम गर्ने दृष्टिले तीन कुराबाट वार्ता छलफलको अन्तिम चरणमा पुगेकोले अबको केहि दिनमा अझ सहज आपुर्ति हुने छ । ” देशमा हाल जारी संविधानको बिषयलाई लिएर एकाद ठाँउमा उत्पन्न भएको विवादलाई अन्त्य गर्न सरकार वार्ता र छलफलको लागितयार भएको बताउदै मन्त्री बस्नेतले सरकारले अबको केहि दिन भित्रमा जनताहरुले प्रत्यक्ष भोग्ने गरी आपुर्तिमा देखिएको समस्या विस्तारै सहज बन्दै जाने विश्वास व्यक्त गरे । उनले भने “विरगन्ज नाकाबाटा नेपालमा करीब ६० प्रतिशत भारतबाट नेपालमा विभिन्न प्रकारका सामानहरु आउने गर्दछ, त्यो नाका खुलाउने प्रयास भई रहेको छ, कसैले नाका वन्दी त कसैले अघोषित नाकावन्दी भनी रहदा सरकारले भने आपुर्तिमा समस्या आएको बुझाई हो ।” देशमा सहज आपुर्ति नभए पनि देशमा मौलाएको कालोबजारी र यातयात क्षेत्रमा हुने गरेको सिण्डीकेटलाई नियन्त्रण गर्न सरकार गम्भीर ढंगले लागेको बताउदै यसमा यस क्षेत्रका क्षेत्रिय प्रशासक, प्रशासक सहितको सुरक्षा निकायलाई कडाइका साथ कालोबजारीलाई नियन्त्रण गर्न मनत्री बस्नेतले निर्देशन समेत दिएका छन । उनले भने “मु्लुक अब नयँ युगमा प्रबेस गरेको छ, अवको केहि दिनमा मुलुकमा अस्थीर राजनीतिबाट मुक्त भई आर्थिक समृतिमा मुकुल लम्कने छ । ”

mahotsav 1

दैनिक उपभोग्य बस्तुमा हाल देखिएको समस्यालाई टार्न सरकार गम्भीर रुपले लागेको बताउदै मन्त्री बस्नेतले भएको उपभोग्य वस्तुलाई समानुपातिक ढंगले वितरण गर्न आग्रह गर्दै संविधान परिवर्जतनसिल भएकोले जाहेज मागलाई सम्वोधन गर्न सरकार कटिवद्ध भएको उनले बताए । जनतामा निहित सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको बिषयमा सरकारले कुनै सम्झौता गर्न नसक्ने ठोकुवा गर्दै अन्य मुद्धामा सरकारले कसैका मागलाई संविधानबाट सम्सोधन गरेर पनि पुरा गर्न लाग्ने बताए ।

संविधान परिवर्तनशिल भएकोले कसैले सडकमा गएर आन्दोलन गर्दैमा बन्दुकको राजनीतिक गर्दैमा उनीहरुको माग पुरा नहुने गृह मनत्री वस्नेतले बताए । युनाइटेड क्लवले उक्त महोत्सवबाट समाजिक क्षेत्रमा कार्य गर्दै आएकोमा पंशम्सा गर्दै मन्त्री वस्नेतले क्लवको अभियान लेखनाथमा निमार्ण हुन लागेको चिडियाखाना बनाउन सरकारले पुर्ण साथ र सहयोग गर्ने वचन दिएका छन । महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्टका असोक बैद्यले देशको असहज परिस्थितीमा पनि क्लवले सामाजिक काय गर्ने उद्धेश्यले आयोजना भएको उक्त महोत्सवमा आफुहरुले मुख्य प्रायोजन गरेको बताए ।

क्लवका अध्यक्ष हिमालय वख्रेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा साम्सद सारदा पौडेल, एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एमाओबादी कास्कीका अध्यक्ष दिपक कोईराला, राप्रपा नेपालका जयलाल पुन, क्षेत्रिय प्रशासक शंकरप्रसाद कोईराला, क्षेत्रिय उद्योगा बाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोइराला, पोखरा उद्योगा बाणिज्य संघका महासचिव रविन्सन प्रजु, लेखनाथ उद्योग बाणिज्सय संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, क्लवका सल्लाहकार विश्वप्रकास लामिछाने, टोल विकास संस्था नगर समन्वय समिति पोखराका अध्यक्ष उज्जल केसी, नगर महिला समन्वय समितिका पवित्रा गुरुङ, अम्मरसिंह नमुना उच्च माविका प्राचार्य केशव आचार्य, सिजी हार्डवयरका दिनेश प्रसाद चौधरी, सचिव लालकाजी गुरुङ, कोषाध्यक्ष राजु श्रेष्ठ लगायतले महोत्सवको बारेमा कसरी सफल पार्न सकिन्छ त्यसमा आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिएका छन । उद्घाटनको अवसरमा पोखरामा विभिन्न जातिको झाकी सहितको र्याली समेत प्रर्दशन गरीएको थियो ।

पोखराको अमरसिंहचोकको खेल मैदानमा संचालन हुने उक्त महोत्सव माघ १० गते संचालन हुने भएको छ । महत्सवबाट करिव १३ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरेको क्लवका कोषाध्यक्ष राजु श्रेष्ठले बताए । साढे दुई लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य राखिएको छ भने महोत्सवबाट ९१ लाख ८० हजार अनुमानित आम्दानी गरी ६१ लाख खर्च हुने जसबाट ३० लाख ८० हजार बचत हुने उनले बताए । छैठौ संस्करणको महोत्सवमा प्रवेश टिकट साधारणलाइ ६०, विद्यार्थीलाई ४० रुपैया निर्धारण गरिएको छ ।

“युवाको जांगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पयर्टन प्रवद्र्धन संगै समग्र पोखराको आनतरिक तथा बाह्य पर्यटन प्रवद्र्धनलाई मध्येनजर गरेर आयोजना भएको महोत्सवमा २ सय २० स्टल रहेको क्लवका अध्यक्ष तथा महोत्सव संयोजक बख्रेलले बताए । क्लवले स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणका लागी अगाडी वढाएको र चिडियाखाना निर्माण अन्तर्गत पहिलो चरणको डि.पि.आर. र श्रब्य दृश्य सामाग्री निर्माण गरिसकेको भएतापनि हाल नाकाबन्दीका कारण चिडियाखाना निर्माणको कामलाई अगाडी वढाउन नसकेको उनले वताए । छैठौ संस्करणको महोत्सव बाट आम्दानी हुने महोत्सवको बांकी रकम मध्ये २०-२० प्रतिशतका दरले शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्धनका लागी पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण स्थल लेखनाथको वडा नं. ११, १२ , १४ मा रहेको पचभैया, चायापानी चिसाकुना र चैनपुर सामुदायिक वन क्षेत्रमा खुल्ला चिडियाखाना बनाउन छुट्याईने र प्रत्येक टिकटबाट सेती नदी संरक्षणका लागी छुट्याइने भएको आयोजक युनाइटेड क्लवका सचिव लालकाजी गुरुङले बताए ।

महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइने भएकोे छ । त्यसै गरी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु दोहोरी गीत, पप कन्र्सट हुदैे छ भने लोकल ब्याण्डहरुको प्रस्तुती, हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था , वाल उद्यान ,नेपाली संस्कृति झल्कने प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ । सालिमार सिमेन्टको मुख्य प्रयोजकमा सञ्चालन हुने उक्त महत्सवमा पोखरा तारा खुल्ला नृत्य प्रतियोगिता दुई को समेत आयोजना हुने भएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button