पोखरामा भोलि जोर विजोर नम्बरका आधारमा पेट्रोल वितरण हुने – विवरण सहित

पोखरा, ३० पौष –

कास्कीमा  मिति २०७२-१०-१ गते शुक्रबार जोर बिजोर नम्वरप्लेटका आधारमा विभिन्न पेट्रोल पम्पबाट मोटर साईकल र स्कुटरलाई मात्र पेट्रोल वितरण हुने भएको छ  ।शुक्रबार  विहान ८ बजे देखि कास्कीका २७  वटा पेट्रोल पम्पबाट १लाख ४ हजार लिटर पेट्रोल वितरण गरिने र सवारी धनीले पेट्रोल लिनको लागि  व्लूबुक र परिचय पत्र अनिवार्यरुपमा लिई आउनु पर्ने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

                                            शुक्रबारको  लागि पेट्रोल वितरण हुने पम्प  परिमाण र  स्थानहरुको लिस्ट विवरण

pet 1

pet 2

उपरोक्त पेट्रोल पम्पहरुबाट तेल वितरण गर्दा अनिवार्य अभिलेख राखी  वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्नुपर्ने छ । वितरण हुने उत्त .पेट्रोल मिति २०७२।९।३०  गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराईसक्नुपर्ने छ । भोलि  विहान ८ बजे देखि उपरोक्त पेट्रोल पम्पहरुबाट तोकिएका जोर विजोर नम्बरका मोटर साईकल रु.५०० बराबर र स्कुटरलाई रु.४०० बराबरको पेट्रोल उपलब्ध गराउने प्रशासनले बताएको छ । कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई प्रभावकारी बनाउने निर्णय गरेको प्रसाशन ले जारि गरेको सुचनामा उल्लेख गरिएको छ  ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button