पश्चिमाञ्चल क्षेत्रमा शिक्षाकै उजुरी बढी

पोखरा, २९ पौष –

पश्चिमाञ्चल क्षेत्रमा शिक्षा क्षेत्रमै बढी उजुरी पर्ने गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले बुधबार आयोजना गरेको पत्रकारसंगको छलफल कार्यक्रममा यस क्षेत्रमा शिक्षाका बढी उजुरी पर्ने गरेको कार्यालयले जनाएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कार्यालयका प्रमुख डिल्लीराम शर्माले भ्रष्टचार न्युनिकरणको लागि आफुहरुले नयाँ रणनितिका अनुसार काम गर्दै आएको बताउदै यस क्षेत्रमा परेका उजुरी मध्य ३९ प्रतिशतले शिक्षा क्षेत्रमा उजुरी परेको जनाए । संघिय मामिला तथा स्थानीय विकासमा २४ प्रतिशत उजुरी परेको बताउदै प्रमुख शर्माले स्वास्थ्य जनसङख्यामा ५ प्रतिशत, शहरी विकासमा ४ प्रतिशत उजुरी गरेको उल्लेख गरे । शिक्षा क्षेत्रमा बढी वजेट पर्ने भएकोले केहि रिसिविका कारण पनि उजुरी पर्ने गरेको तथा केहि ठाँउमा भने भ्रष्टचार हुने गरेको उनले बताए । स्थानीय निकायको निर्वाचन लामो समयदेखि हुन नसकेको कारणले गर्दा कागजी रुपमा एक काम गर्ने भने पनि व्यवहारमा कति काम नभएको उनले बताए । २०७० असोज १ गते देखि कार्यालय पोखरामा स्थापना भए देखि हालसम्म कार्यालयमा २ हजार ८ सय ६ वटा उजुरी भएको प्रमुख शर्माले बताए । उनका अनुसार १ हजार ९ सय ४७ वटा उजुरीको फस्यौट भएको छ । कार्यालयले यस बर्ष हालसम्म ३८ प्रतिशत लक्ष्य पुरा गरेको बताएका शर्माले ८० प्रतिशत लक्ष्य पुरा गर्ने जनाए ।

कास्कीमा भने संघिय मामिला तथा स्थानीय विकासमा बढी उजुरी पर्न थालेका छन । प्रमुख शर्माका अनुसार स्थानीय विकासमा कास्कीमा ४४ प्रतिशत र शिक्षामा भने ३९ प्रतिशत उजुरी परेका छन । निजी क्षेत्रमा पनि व्यापक भ्रष्टचार भएको दाबी गरेका प्रमुख शर्माले भूकम्प प्रभावितको नाममा आएको राहत सामाग्रि वितरणमा पनि गोर्खा सहितका स्थानहरुमा अनियमितता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button