पश्चिमाञ्चल क्षेत्रमा शिक्षाकै उजुरी बढी

  • पोखरा न्यूज
  • २०७२ पौष २९
Post Thumbnail

पोखरा, २९ पौष –

पश्चिमाञ्चल क्षेत्रमा शिक्षा क्षेत्रमै बढी उजुरी पर्ने गरेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले बुधबार आयोजना गरेको पत्रकारसंगको छलफल कार्यक्रममा यस क्षेत्रमा शिक्षाका बढी उजुरी पर्ने गरेको कार्यालयले जनाएको हो ।

कार्यालयका प्रमुख डिल्लीराम शर्माले भ्रष्टचार न्युनिकरणको लागि आफुहरुले नयाँ रणनितिका अनुसार काम गर्दै आएको बताउदै यस क्षेत्रमा परेका उजुरी मध्य ३९ प्रतिशतले शिक्षा क्षेत्रमा उजुरी परेको जनाए । संघिय मामिला तथा स्थानीय विकासमा २४ प्रतिशत उजुरी परेको बताउदै प्रमुख शर्माले स्वास्थ्य जनसङख्यामा ५ प्रतिशत, शहरी विकासमा ४ प्रतिशत उजुरी गरेको उल्लेख गरे । शिक्षा क्षेत्रमा बढी वजेट पर्ने भएकोले केहि रिसिविका कारण पनि उजुरी पर्ने गरेको तथा केहि ठाँउमा भने भ्रष्टचार हुने गरेको उनले बताए । स्थानीय निकायको निर्वाचन लामो समयदेखि हुन नसकेको कारणले गर्दा कागजी रुपमा एक काम गर्ने भने पनि व्यवहारमा कति काम नभएको उनले बताए । २०७० असोज १ गते देखि कार्यालय पोखरामा स्थापना भए देखि हालसम्म कार्यालयमा २ हजार ८ सय ६ वटा उजुरी भएको प्रमुख शर्माले बताए । उनका अनुसार १ हजार ९ सय ४७ वटा उजुरीको फस्यौट भएको छ । कार्यालयले यस बर्ष हालसम्म ३८ प्रतिशत लक्ष्य पुरा गरेको बताएका शर्माले ८० प्रतिशत लक्ष्य पुरा गर्ने जनाए ।

कास्कीमा भने संघिय मामिला तथा स्थानीय विकासमा बढी उजुरी पर्न थालेका छन । प्रमुख शर्माका अनुसार स्थानीय विकासमा कास्कीमा ४४ प्रतिशत र शिक्षामा भने ३९ प्रतिशत उजुरी परेका छन । निजी क्षेत्रमा पनि व्यापक भ्रष्टचार भएको दाबी गरेका प्रमुख शर्माले भूकम्प प्रभावितको नाममा आएको राहत सामाग्रि वितरणमा पनि गोर्खा सहितका स्थानहरुमा अनियमितता भएको बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस