लेखनाथ महोत्सवमा स्टल बुकिङ खुल्ला

  • पोखरा न्यूज
  • २०७२ पौष २९
Post Thumbnail

पोखरा, २९ पौष –

लेखनाथ उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आएको लेखनाथ महोत्सवको १२ औं संस्करण आगामी फागुन ५ गतेदेखि १६ गतेसमम हुने भएको छ ।“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने नाराका आयोजित महोत्सवमा स्टल बुकिङ खुल्ला गरिएको छ ।

संघका अनुसार महोत्सवमा राखिएका स्टलहरुमा कृषि उत्पादनलाई प्राथमिकता दिईएको छ । महोत्सवमा कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, फुड फेस्टिवल, अटो, हस्तकला, मेशेनरी, फुड एन्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट गरी तीन सय स्टल रहनेछन् ।

महोत्सवमा आएका दर्शकको सुविधालाई मध्यनजर राख्दै विभिन्न प्रकारका स्टलहरुलाई फरक फरक स्थानमा राखिएको पुर्वाधार निर्माण तथा स्टल व्यवस्थापन उपसमितिका संयोजक देवराज पन्थीले बताए ।

संघले १० दिनसम्म आफ्ना सदस्यहरुको लागि मात्र स्टल बुकिङ खुल्ला गरेकोमा अबदेखि सवैलाई खुल्ला गरिएको पन्थीले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस