गरिमा विकास बैंकको अध्यक्षमा दिलिप निर्वाचित

  • पोखरा न्यूज
  • २०७२ पौष ३०
गरिमा विकास बैंकको अध्यक्षमा दिलिप निर्वाचित

पोखरा, ३० पौष –

गरिमा विकास बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर (लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पोखरामा विहिबार सम्पन्न भएको साधारण सभा पश्चात बसेको नवनिर्वाचित संचालक समितिको वैठकले दिलिप प्रताप खाणको अध्यक्षमा निर्वाचित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

साधारण सभाले बैंकको संस्थापक शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालकमा दिलिपप्रताप खान, चन्द्रकान्त बराल, श्यामप्रसाद बस्याल र हरिकुमार श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना संचालकमा संजिव ढकाल, केशवराज ढकाल र बिमल पाण्डेलाई सर्वसम्मतिबाट निर्वाचित गरेको ढकालले जनाए ।

पारित बोनस शेयर सहित बैंकको चुक्ता पूँजी ८५ करोड ३२ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत ढकालले जनाए । उनका अनुसार बैंकको उक्त साधारण सभाबाट अधिकृत पूँजी वृद्धि गरी ३ अर्व पुरयाएको छ भने मर्जर तथा एक्विजिसन सम्बन्धि प्रक्रिया अगाडि बढाउन साधारण सभाले संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस