समानुपातिक र समावेसि शब्द समेट्न संविधान संसोधन गर्नु पर्ने – देउवा

पोखरा, १ माघ –  

नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले संविधान संसोधन गरेरै मधेष दलको माग सहित जनजातिको माग पुरा हुने बताएका छन । नेपाल प्रेस युनियन कास्कीले सुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले नयाँ संविधानमा समानुपातिक र समावेसि शब्द छुट्न गएकोले त्यसलाई समेट्न संविधान सम्सोधन गर्नु पर्ने बताएका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara

उनले भने “अन्तरीम संविधानमा समेत समेटिएको मधेष, आदिवासि जनजाति, महिला तथा दलित बर्गको हकहितको लागि समानुपातिक र समावेसि शब्द छुट्न गएकोले त्यसलाई पुनरविचार गरी संविधान सम्सोधन हुन सके सवैको माग पुरा हुन्छ ।” संविधान सम्सोधन भएपछि सवै जातिहरुको हकहित सुरक्षित हुने भएकोले सरकारले ल्याएको उक्त प्रस्तावलाई कागेंसले समेत समर्थन गर्ने उनले बताए ।

कागेंस सत्तामा जान नचाहेको बताएका नेता देउवाले आफु कागेंस सभापतिमा उठ्ने बताए । नेपाली कागेंसको १३ औं महाधिवेसनको लागि केहि ठाँउमा सदस्य वितरणमा अन्याय भएको बताए । प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष मावध रेग्मीले स्वागत र सचिव प्रकासचन्द्र सापकोटाले कार्यक्रमको संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button