पोखरा, ३० पौष –
विभेदरहित समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रममा जोड दिइएको छ ।
मिडिया एड्भोकेसी ग्रुप र युएन वेमीनको संयुक्त आयोजनामा पोखरामा विहिवार आयोजित “पत्रकारका लागि विभेदरहित र लैङ्गिक उत्तरदायी रिर्पोटिङ” तालिममा सो कुरामा जोड दिइएको हो । सहभागिहरुले विभिन्न माध्यमबाट लैङ्गिक उत्तरदायी रिर्पोटिङ गर्न सकिने बताउदै सुक्ष्म अध्ययन गरेर मात्र यस्ता समाचारलाई प्रसारण वा प्रकासन गर्नुपर्नेमा जोड दिएका थिए ।
पछिल्लो क्रममा नकरात्मक कुराले मात्र बढि प्राथमिकता पाइरहेको बताउदै सकारात्मक कुरालाई पनि स्थान दिएमा धेरैलाई प्रेरणा हुन सक्ने बताए । तालिममा मानवअधिकार पत्रकारिता : सिद्धान्त र व्यवहार, लैङ्गिक समानता, सकारात्मक समाचारका प्रभाव लगायतका विषयमा सहजिकरण गरिएको थियो ।
गण्डकी र धवलागिरीका ३५ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा मिडिया एक्सन नेपालका लक्ष्मण दत्त पन्त र मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष बविता बस्नेतले सहजिकरण गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution