सक्तापक्ष र मधेस दल विच सहमति नभए देश राष्ट्रिय संकटमा पर्ने – गुरुङ

  • पोखरा न्यूज
  • २०७२ माघ १
Post Thumbnail

पोखरा, १ माघ –

नेकपा क्रान्तिकारी माओवादीका सचिव देव गुरुङले सक्तापक्ष र मधेसदलका नेताहरु बिच सहमति हुन नसके देश राष्ट्रिय संकटमा पर्ने दाबी गरे । क्रान्तिकारी पत्रकार महासंघ कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसदवादी दल र मधेशी दलले एकले अर्कालाई निशेध गरेर अघि बढ्दो देश राष्ट्रिय संकटमा पर्ने बताउदै देशको अस्मीता नै गुम्न सक्ने दाबी गरेका हुन ।

उनले भने “निशेधको राजनीतिले देश नै सिद्धिने खतरा उत्पन्न भएको छ, संसदवादी दल र मधेशी दलबीच निशेधको राजनीति भइरहेको छ, यो तत्काल नहटे देश नै रहन्छ वा रहँदैन भन्ने खतरा उत्पन्न हुँदैछ, संविधान नभए बरु अर्को बर्ष संविधान बनाउन सकिन्छ तर देश नै नरहने कोहि भन्ने हामीलाई चिन्क्ता लागेको छ । ” पूर्व मन्त्री समेत रहेका नेता गुरुङले देश बचाउन राष्ट्रिय सहमति आवश्यक रहेको बताए । भावि कार्यदिशालाई लिएर कम्युनिष्ट पार्टीहरुबीच पार्टी एकता गर्नुपर्ने बताउँदै एकताको पहल सकारात्मक रुपमा अघि बढिरहेको उनले बताए । विगतमा सबैको कमिकमजोरी भएको भन्दै त्यसलाई स्विकारेर पार्टी एकता गर्नुपर्ने उनको भनाई थियो । उनले पार्टी एकता नै नभएपनि कार्यगत एकता भने गर्नैपर्नेमा जोड दिए ।

मधेशबादी र सरकारबीच सहमति नै हुन नसक्ने खालको विवाद नरहेको भन्दै उनले चाँडो सहमति खोज्न दुवै पक्षलाई आग्रह गरे । निशेधको बाटोबाट हिंडिरहेका दुई पक्षबीच सहमति भए संविधान नमान्ने अन्य दलहरुसँग पनि सहमति बन्ने उनको दाबी थियो ।

नेता गुरुङले सरकार र आन्दोलनरत दलबीच सहमति नै भईहाले पनि देश असफल हुनसक्ने अर्को खतरा रहेको औंल्याए । उनले भने,–‘ सरकार र आन्दोलनरत दलहरुबीच सहमति भइहाले पनि भुकम्प र नाकाबन्दीले थलिएको नेपालमा आर्थिक महामन्दी आउनसक्छ, त्यसले मानवीय महासंकट उत्पन्न गर्नसक्छ र देशै असफल हुने अर्को खतरा पनि छ ।’ गणतन्त्र, धर्म निरपेक्षता, संघीयता लगायतका कुरा सकारात्मक भएपनि आदिवासी, जनजाती, मधेशी, दलित लगायतका विषयमा अन्तरिम संविधान भन्दा पनि पछि हट्दा संविधान स्विकार्य नभएको उनले बताए ।

मधेशी जनजाती तथा जनताको जनजिविकाका सवालमा नयाँशक्तिका अभियन्ता डा.बाबुराम भट्टराईले उठाएका कुराहरु जायज भएपनि जीवनको उत्तराद्र्धमा कम्युनिष्ट राजनीति छोडेर बिचलन आउनु बिडम्बना भएको उनले दाबी गरे । प्रचण्ड र बाबुरामले बाटो वदलेका कारणले गर्दा देशमा नयाँ संकक पैदा भएको नेता गुरुङले दाबी गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस