रौतहटका दलित र विपन्नलाई कम्वल वितरण गरिने

  • पोखरा न्यूज
  • २०७२ माघ १
रौतहटका दलित र विपन्नलाई कम्वल वितरण गरिने

पोखरा, १ माघ –

कास्कीवाट संकलीत कम्वलहरु रौतहट जिल्लाका दलित र विपन्न वर्गलाई हस्तान्तरण गरिने भएको छ । तराई पहाड हिमाली हामी सवै नेपाली भन्ने उद्घोष तथा सद्भाव वढाउ, तराईको सितलहरमा पहाडवाट न्यानो कम्वल पाठाउ भन्ने नाराका साथ सामाजिक जागरणका लागि नारी अभियानले थालेको कम्वल संकलन अभियानवाट संकलित कम्वलहरु तराईको रौतहट जिल्लामा वितरण गरिने अभियानले निर्णय गरेको हो ।

अभियन्ता सुष्मा पौडेलका अनुसार रौतहटमा सितलहरवाट जनजिवन प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै एक सय ५० भन्दा वढी कम्वल वितरण गर्न लागिएको हो । उनका अनुसार रौतहट जिल्ला गौर नगरपालिका वडा नं ७ मा वसोवास गर्ने सिमान्तकृत(महादलित)डुम जातीलाई ५० थान कपडा र न्यानो लुगा तथा वडा नं १२ ढागरटोलमा वसोवास गर्ने मुसर (दलित)जातीका एक सय घरपरिवार मध्ये वालवालिका, सुत्केरी जेष्ठनागरीक लगायतलाई छनौट गरी एक सय ५० थान भन्दा वढी कम्वल वितरण गरीने छ । उक्त कार्यक्रमको व्यवस्थापन नेपाल पत्रकार महासंघ रौतहट शाखाले गर्ने छ।

तराई र पहाड विचको सम्वन्ध टुट्न नदिन सद्भावका लागि थालिएको उक्त अभियानका लागि सहयोग अझै आवश्यक भएको भन्दै कार्यक्रम संयोजक ममता गुरुङले स्वतस्र्फुत रुपमा सहयोग गर्न सवैलाई आह्वान गरेकी छिन् ।अभियानका लागि सहयोग आउनेक्रम जारी रहेको अर्थ संयोजक कमला गिरीले वताइन् । कार्यक्रममा सदस्यहरु सविता भण्डारी सुवेदी, मेनका पौडेल, अम्विका ढकाल, देबकुमारी खनाल, शुसीला अधिकारी,शान्ति पौडेल,सरस्वति खत्री,शान्ता पराजुली, लक्ष्मी पौडेल, लक्ष्मी अधिकारी, सावित्रि पौडेल, जमुना ढकाल र मीना भण्डारी लगायतले सवै मिलेर कार्यक्रम सफल वनाउनुपर्नेमा जोड दिए ।

सोही अवसरमा श्रीकृष्ण आमा समुहका तर्फवाट ५ हजार ४० रुपया र अस्मीता भण्डारीवाट पन्ध्रसय रुपया समित थापावाट पाच सय, दिपेन्द्र रेग्मीवाट एक हजार, अमृत सिंहवाट एक हजार, कृष्ण भुजेलवाट सात सय, सृजना पौडेलवाट पाच सय, इच्छा शर्मावाट पाच सय,सम्झना सुनारवाट एक हजार, रुद्रवहादुर सुनारवाट एक हजार, कमला सुनारवाट एक हजार, कल्पना सुनारवाट एक हजार, पार्वती सुनारवाट पाच सय र कृष्णमान सुनारवाट पाच सय सहयोग प्राप्त भएको छ ।

त्यस्तै उपहार कुर्था पसल बुद्धविशालवजारवाट प्रोपाइटर विष्णु दाहालले पाच हजार, लेखनाथ पौडेल हेमजावाट तिन हजार, सौजन्य कलेक्सन न्युरोडका प्रो.कृष्णवास्तोलाले ५ हजार , कुविण्डेका जिवन गुरुङले एक हजार, रामजी कुँवरले एक हजार, सरीता थापा भडारडीकवाट एक हजार नगद एक थान कम्वल र एक थान सुकुन कार्यक्रम संयोजकलाई हस्तान्तरण गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस