आहा रारा गोल्ड कपको पुर्व सन्ध्यामा शनिबार साईकल रयाली हुने

पोखरा, १ माघ – 

पश्चिमाञ्चलको प्रतिष्ठित आहा रारा गोल्ड कपको प्रचार अभियान अन्र्तगत शनिबार पोखरामा साईकल रयालीको आयोजना हुने भएको छ ।

देशमा भएको असहज परिस्थितीका बावजुत पनि सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कपलाई यस बर्ष पनि भव्य र सभ्य रुपमा सम्पन्न गराउन पोखरामा शनिबार साईकल रयालीको आयोजना गरीएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।

यस अघि क्लवले आहा रारा गोल्ड कपको पुर्व अवसरमा भने मोटरसाईकलको रयाली आयोजना गर्दै आएको थियो भने देशमा हाल पनि पेट्रोलिय पदार्थ सहज आपुर्ति नभएकोले यस्तो अबस्थामा इन्जिन विनाको सवारी साधन साईकलको प्रयोग गरी साईकल र्यालीको आयोजना गरीएको आचार्यले जनाए । उनका अनुसार शनिबार विहान पोखरा रंगशालाबाट ७ः३० बजे पछि सार्ईकल रयाली सुरु हुदै छ । उक्त रयालीको उद्घाटन भने राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं अन्तर्राष्ट्रिय कराँतेका खेलाडी फक्त बहादुर गुरुङले गर्दै छन ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा संचालन हुन लागेको १४ औं संस्करणको आहा रारा गोल्ड कपमा विदेशी सहित १२ टिमको सहभागिता हुने भएको खेल संयोजक केशवबहादुर थापाले बताए । हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, रेडबुलको सह प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन, पोखरा उपमहानगर पालिकाको संयोजन रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button