सोंपाल तमु समाजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ माघ १
Post Thumbnail

पोखरा, १ माघ –

पोखरा ८ बगालेटोलस्थित सोंपाल तमु समाज पोखरा सोंपाल धिंमा विहीवार जारी संविधानको अन्तरबस्तु र तमुवानका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संविधान सुचना केन्द्र गण्डकीका संयोजक, तमु धिं नेपालका सहसचिव अधिवक्ता जुनाकुमारी गुरुङ र तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशका संयोजक तथा तमु धिं नेपालका प्रचार संयोजक अधिवक्ता हुमबहादुर गुरुङले नेपालको संविधानमा तमु लगायत आदिवासी जनजाति र तमुवान वारेमा प्रस्तुति गर्नुभएको थियो ।

अधिवक्ता जुनाकुमारी गुरुङले कानुन किन जान्नुपर्दछ, नेपालको संविधानमा आदिवासी जनजातिका अधिकार के के छन्, तमु लगायत आदिवासी जनजातिले उठाउदै आएको अधिकारहरु किन समावेश हुन सकेन, अन्तरिम संविधानमा उल्लेख भएका अधिकार के के कटौती गरिएको छ भन्ने बारेमा जानकारी गराउनुहुदै अधिकार स्थापित गर्नका लागि सचेत, एकतावद्ध र आन्दोलित हुन जोड दिनुभयो ।

tamu 1

अर्का वक्ता तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुृरुङ तमुवानको आन्दोलन, यसले उठाएको मुद्धा, जारी गरिएको संविधान किन प्रतिगामी एवं पहिचान विरोधी छ भन्ने बारेमा बुँदागत व्याख्या गर्नुभएको थियो । उहाँले पहिचान र सामथ्र्यका आधारमा तमुवान स्थापित नहुञ्जेल आन्दोलित भईरहन आग्रह गर्नुभयो ।

उहाँले माघ ३ गते पोखरा उद्योग वाणिज्य संघको हलमा तमुवान संयुक्त संघर्ष समितिले आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक, वरिष्ठ मानवअधिकारकर्मी पदमरत्न तुलाधर, पुर्वसभाध्यक्ष, संविधानविद दमननाथ ढुंगाना, पुर्व राजदूत नागरिक अगुवा विजयकान्त कर्णको प्रस्तुति हुने नेपालको संविधानको विरोध किन ? विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीताका लागि कार्यक्रममा सहभागिताका लागि आग्रह गर्नुभयो ।

सोंपाल तमु समाजका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा पोखराका पुर्व उपमेयर क्याप्टेन मानबहादुर गुरुङ, बगालेटोल तमु समाजका अध्यक्ष दिलबहादुर गुरुङ, सोंपाल तमु समाजका उपाध्यक्ष तथा बौद्ध अर्घौ सदनका उपाध्यक्ष मोतीप्रसाद गुरुङ, समाजका सल्लाहकार प्रेमबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, लेप्टेनेण्ट थमबहादुर गुरुङ, क्याप्टेन शिव गुरुङ, लेप्टेनेण्ट दिलबहादुर गुरुङ लगायतले जिज्ञासा राख्नु हुदै संविधानमा सबैको अधिकार सुनिश्चित हुनुपर्ने र तमुवानका लागि सबै आन्दोलित हुनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस