घले जातिको ऐतिहासिकताको खोज आवाश्यक – सांसद घले

पोखरा, १ माघ –

प्र ल्हो(बाँदर वर्ग) आगमनको अवसरमा घले समाज(लिःल फङ्ग) कास्कीले पोखरामा शनिवार लिःल(घले) समुदायको महान साँस्कृतिक पर्व लिःल ल्होसर भव्यताका साथ मनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

पोखरा बुद्धचोकस्थित कान्तिपुर पार्टी प्यालेसमा ल्होसरको शुभकामना आदान प्रदान, आठौं वार्षिक भोज, चेलीबेटी भोज, उच्च शिक्षा एवं एसएलसी उतिर्ण विद्यार्थीलाई सम्मान, ८४ वर्ष पुगेका जेष्ठ नागरिक सम्मान, सहयोगदातालाई सम्मान, नयाँ सदस्यता वितरण एवं विविध साँस्कृतिक कार्यक्रम गरी घले समाज कास्कीले घले ल्होसर मनाएको हो ।

ghale 2

कार्यक्रमको प्रमुख अतिथि सांसद जमिन्द्रमान घलेले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि घलेले ल्होसरको शुभकामना व्यक्त गर्नुहुदै घले जातिको ऐतिहासिकताको खोज अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । घले जातिले तमुहरुसँग वैवाहिक सम्बन्ध गाँस्दै आइरहे पनि घलेको आफ्नै मौलिक संस्कार सँस्कृति, पहिचान रहेकोले इतिहासको अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकार र पहिचान प्राप्तिका लागि घलेहरु आदिवासी जनजातिसँग एकाकार गर्दै तमुवानको आन्दोलनमा आन्दोलित हुनुपर्छ भन्नुभयो ।

सांसद घलेले संविधानसभाबाट जारी गरिएको संविधानले आदिवासी जनजातिको पूर्ण अधिकार दिन नसकेको भनिए पनि सबै धर्मलाई सम्मान, समावेशी प्रतिनीधित्व, नागरिक स्वतन्त्रता, जातको आधारमा गरिने विभेदको अन्त्य उन्मुखका साथ अधिकारमुखी रहेको दावी गर्नुभयो ।

घले समाज साउदी अरब संयोजक ओम घलेले शुभकामना व्यक्त गर्नुहुदै घले जातिलाई छुट्टै जातिको रुपमा आदिवासी जनजातिको सुचिकरण गर्नुपर्ने माग गर्नुभयो । उहाँले घले समाज केन्द्रीय समिति विघटन गरी नयाँ समिति गठन गर्नुपर्ने बताउनुभयो ।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुवान प्राप्ति विना घले समुदायले पहिचान, अधिकार प्राप्ति नहुने भएकाले विगतको तमुवानको राज्य संचालक घलेहरुले तमुवान स्थापित गरी तमुवान हाँक्ने आँट गर्न प्रमुख अतिथि जमिन्द्रमान घलेलाई आग्रह गर्नुभयो । संघीय समाजवादी फोरम कास्कीका अध्यक्ष दीपक तामाङले घलेहरुले आफ्नो पहिचान स्थापित र अधिकार सुनिश्चित गर्न पहिचानको आन्दोलनमा जुट्नुपर्ने बताउनुभयो।

नेकपा एमाले लेखनाथका अध्यक्ष मोहन गुरुङले शुभकामना व्यक्त गर्नुृहुदै विगतका राज्य संचालक घलेहरुले नै नयाँ नेपालको यस क्षेत्रको प्रदेशको मुख्य मन्त्री बन्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती भुजेलले शुभकामना व्यक्त गर्नुृहुदै आदिवासी जनजातिको एकताबाट मात्रै अधिकार, पहिचान प्राप्ति हुने भन्नुहुदै एकताका लागि आग्रह गर्नुभयो ।

तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष डब्लुओटु भिमबहादुर तमुले मौलिक पहिचान भएका आदिवासी जनजातिहरु एक हुनुपर्ने भन्दै ल्होसरको शुभकामना व्यक्त गर्नुभयो ।

घले समाज कास्कीका अध्यक्ष श्रीप्रसाद घलेको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपाल समानान्तरका अध्यक्ष बाबुराम बस्ताकोटी, घले समुदायमा शोधकर्ता जीवन राना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने समाज उपाध्यक्ष खिमबहादुर घलेले स्वागत र सचिव प्रेम घले र मिनु घलेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा घले समुदायको बृहत सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button