पोखरा, २ माघ –
पश्चिमाञ्चलको प्रतिष्ठित आहा रारा गोल्ड कपको प्रचार अभियान अन्तर्गत आज (शनिबार) पोखरामा सार्ईकल रयाली आयोजना भएको छ । देशमा भएको असहज परिस्थितीका बावजुत पनि सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कपलाई यस वर्ष पनि भव्य र सभ्य रुपमा सम्पन्न गराउन पोखरामा शनिबार साइकल रयालीको आयोजना गरीएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए ।
यस अघि क्लवले आहा रारा गोल्ड कपको पुर्व अवसरमा भने मोटरसाईकलको रयाली आयोजना गर्दै आएको थियो भने देशमा हाल पनि पेट्रोलिय पदार्थ सहज आपुर्ति नभएकोले यस्तो अवस्थामा ईन्धन विनाको सवारी साधन साईकलको प्रयोग गरी साईकल रयालीको आयोजना गरीएको आचार्यले जनाए ।
पोखरा रंगशालाबाट सुरु भएको साईकल रयाली, पृथ्बीचोक, एयरपोर्ट, मुस्ताङचोक, विरौटा, सहिदचोक, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, विपीचोक, सिद्धार्थचोक, बगर ट्याक्सीचोक, पियन कयाम्पस गेट अगाडी, नदीपुर, महेन्द्रपुल, रानीपौवा, अम्मरसिंहचोक, विरेन्द्रचोक, रामबजार, बृद्धचोक हुदै पुनः रंगशालामा पुगेर समापन भएको थियो । रयालीमा आहा रारा गोल्ड कपको ट्रफि , नेपालको राष्ट्रिय झण्डा, सहारा क्लवको झण्डाको साथमा आहा रारा गोल्ड कपको प्रचारको लागि प्रचार सामाग्रि समेत रयालीमा सहभागिहरुले प्रदर्शन गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य फक्त बहादुर गुरुङले उक्त रयालीको उद्घाटन गर्दै सहारा क्लवले आयोजना गर्न लागेको आहा रारा गोल्ड कपलाई सफल पार्न सवै समक्ष आग्रह गरे । साईकल सिटि पोखराका अध्यक्ष जितेन्द्रमान शाक्यले पोखरालाई साईकल सिटि अभियान बनाउने कार्यमा यस्ता कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै देशको विसम परिस्थितीमा सम्भव भएसम्म साईकलको प्रयोग गर्न आग्रह गरे । साईकल सिटि पोखरा, साईक्लीङ संघ कास्की र क्लवका पदाधिकारी सहितको टोलीको र्यालीमा सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा सम्पन्न भएको र्यालीको उद्घाटन सत्रमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ, प्रतियोगिता संयोजक केशव वहादुर थापा, महासचिव केशवराज बराल लगायतले बोलेका थिए । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा संचालन हुन लागेको १४ औं संस्करणको आहा रारा गोल्ड कपमा विदेशी सहित १२ टिमको सहभागिता हुने भएको खेल संयोजक केशव बहादुर थापाले बताए । हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, रेडबुलको सह प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप प्रायोजन, पोखरा उपमहानगर पालिकाको संयोजन रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution