नवौं हिसान स्पोट्र्स मिट पोखरामा सुरु

  • पोखरा न्यूज
  • २०७२ माघ २
नवौं हिसान स्पोट्र्स मिट पोखरामा सुरु

पोखरा, २ माघ –

उच्च माध्यमिक विधालय संघ (हिसान) कास्कीको आयोजनामा आज (शनिबार) देखि पोखरा रंगशालामा नवौँ संस्करणको हिसान स्पोट्र्स मिट–२०७२ सुरु भएको छ ।

उद्घाटन खेलमा माउण्ट अन्नपूर्णले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालाको बास्केटवल कोर्टमा भएको छात्र तर्फ को वास्केटवलमा माउण्ट अन्नपूर्णले ग्लोवल कलिजियर उच्च माविलाई १७ को बिरुद्ध ४८ स्कोर गर्दै विजयी सुरुवात गरेको हो । त्यसै गरी पहिलो चरणका वास्केटवल, भलिवल तथा टेवल टेनिसका खेलहरु जारी रहेको स्पोट्र्स मिटका संयोजक रमाकान्त बरालले बताए । माघ ५ गते सम्म संचालन हुने उक्त स्पोट्र्स मिटको कास्कीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले उद्घाटन गर्दै खेलकुदले व्यक्ति, समाज र राष्ट्रको लागि महत्वपुर्ण भुमिका खेल्ने भएकोले यसको बृद्धि विकासमा सवैको साथ र सहयोग आवश्यक भएको बताए ।

hissan 2

प्याव्सन कास्कीका अध्यक्ष बाबुराम पन्तको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल क्रिकेट संघका अध्यक्ष एवं हिसान केन्द्रका उपाध्यक्ष रमेश सिल्वाल, उच्च शिक्षा परिषद क्षेत्रिय कार्यालय पोखराका प्रमुख असोक न्यौपाने, जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख बिष्णु प्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष याम बहादुर गुरुङ, स्पोट्र्स मिटका संयोजक रमाकान्त बराल, प्याव्सन कास्कीका सचिव याम रोक्का लगायतले खेलकुदको बारेमा चर्चा गरेका थिए । कक्षा ११ र १२ का करिब एक हजार आठ सय विद्यार्थी सहभागी हुदै गरेको संयोजक बरालले बताए ।

hissan 3

स्पोर्टस् मिटमा छात्रछात्रा भलिबल प्रतियोगिता, छात्रछात्रा बास्केटबल प्रतियोगिता र टेबुलटेनिसमा छात्रछात्रा एकल तथा जोडी प्रतियोगिता हुने भएको छ । स्पोर्टस् मिटमा भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ २३ र छात्रातर्फ १४ टीम सहभागी हुने भलिबल खेल संयोजक दिवाकर जैसीले जानकारी दिए। बास्केटबल अन्तर्गत छात्रतर्फ २६ र छात्रातर्फ १३ टीमले सहभागिता जनाउने बास्केटबल संयोजक राजु कायश्थले बताए । यसैगरी, टेबुलटेनिस प्रतियोगिता अन्तर्गत छात्र एकलतर्फ ४८ जना र जोडीतर्फ २२ रहेका छन् भने छात्रा एकलतर्फ २८ जना र १२ जोडीले प्रतिस्पर्था गर्ने टेबुलटेनिस संयोजक दुर्गादत्त पंगेनीले बताए । उक्त हिसान स्पाट्र्स मिट सम्पन्न गर्न करीब ५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस