यातायात व्यवसायी तथा समाजसेवी अधिकारी सम्मानित

पोखरा, २ माघ –

युवा यातायात व्यवसायी केशवप्रसाद अधिकारीलाई राष्ट्रिय नागरिक विकास समाजले सम्मान गरेको छ । समाजसेवाको क्षेत्रमा पुरयाएको योगदानको कदर स्वरुप अधिकारीलाई सम्मान गरिएको हो । शनिबार काठमाडौंमा आयोजित एक समारोहका बीच अधिकारीलाई उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सम्मान गरे । उक्त अवसरमा विज्ञान तथा प्रविधि मन्त्री शिबलाल थापा र खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले समेत अधिकारीलाई सम्मान गरेका थिए ।

केशवप्रसाद अधिकारी पोखराका सफल पर्यटन एवं यातायात व्यवसायी हुन् । उनी जगदम्बा ट्राभल्सका अध्यक्ष, पृथ्वीराजमार्ग बस सञ्चालक समितिका संरक्षक लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । जगदम्बा ट्राभल्सले केही समय पहिलेदेखि काठमाडौंदेखि पोखरासम्म मिनी बारसहितको बस सञ्चालनमा ल्याएको छ ।

adhikari 2

शान्ति र विकासप्रति समर्पित भई राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुरयाए बापत अधिकारीसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको नागरिक विकास समाजका अध्यक्ष महेशजंग कुँवरले जानकारी दिए । विभिन्न क्षेत्रमा योगदान पुरयाउने विशिष्ट व्यक्तित्वहरुलाई समाजले सम्मान गर्दै आएको छ । सम्मानले समाज सेवाको क्षेत्रमा थप सक्रिय बन्नका लागि प्रेरणा मिलेको अधिकारीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button